बचत संस्थाहरू उत्पादनमुखी हुनुपर्नेमा जोड
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहकारी संस्थाहरूलाई उत्पादनमुखी काममा लाग्नुपर्ने बताएका छन् । आस्था बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न तेर्हौ साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख साहले सो कुरा बताएका हुन् । उनले सहकारीको अभियानलाई उत्पादनसँग जोड्न सकेमात्र समृद्ध समाजको निर्माण हुन सक्ने बताए । सहकारी समाज विकास र परिवर्तनको सम्बाहकको रूपमा प्रयोग हुन सक्ने साधन भएकाले त्यसका सञ्चालकहरूले सुझबुझका साथ नीति, विधि र प्रक्रियाभित्र रहेर सहकारीलाई उत्पादनमुखी अस्त्रको रूपमा प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै उनले अहिलेसम्मका सहकारीका गतिविधिलाई हेर्दा कतिपयले सहकारीलाई ठगी खाने भाडोका रूपमा प्रयोग गरेको बुझिन आएकाले त्यस्ता खालका सहकारीहरूले तत्काल पारदर्शी तरिकाले अघि बढ्न आग्रह गरे । सर्वसाधारण नागरिकले गास कटाएर बचत गरेको धनमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्ता खालका गतिविधि गर्नेहरूमाथि स्थानीय सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि उनले बताए । संस्थाका अध्यक्ष गोपालप्रसाद गुरुङको अध्यक्षता भएको सो कार्यक्रममा संस्थाले आफ्ना असल बचतकर्ता, असल ऋणि, ज्येष्ठ नागरिक बचत कर्ता लगायतलाई सम्मान गरेको थियो ।
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
5 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
5 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले