Janakpurdham
Sat, Aug 23, 2025
`

यी हुन सात प्रदेशका सात मुख्यमन्त्री

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, पुस २८ गते । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरीणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नु भएको छ । बिहीबारसम्ममा सातै प्रदेशमा मुख्यमन्त्रीले नियुक्तिसँगै विश्वासको मत लिने क्रम सुरु भएको छ । 

नवनियुक्त मुख्यमन्त्रीहरूमा प्रदेश एक मा नेकपा(एमाले)का संसदीय दलका नेता हिकमत कार्की, मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता सरोजकुमार यादव, बागमती प्रदेशमा नेकपा(माओवादी केन्द्र) का संसदीय दलका नेता सालिकराम जमरकट्टेल, गण्डकी प्रदेशमा नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी , लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लीला गिरी, कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनु भएको छ । 

नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको बहुमत सदस्यको समर्थनसहित दाबी प्रस्तुत गर्नुभई सातै जना नेताहरू मुख्यमन्त्री बन्नुभएको हो । 

नेकपा (एमाले),  नेकपा(माओवादी केन्द्र),  जनता समाजवादी केन्द्र (जसपा),  राष्ट्रिय स्वतन्त्र पार्टी,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),  नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले संयुक्त रूपमा बहुमत दाबी सहित सरकार गठन गर्ने भएको छ । साभार : गोरखापत्र अनलाइन

`
12 comments
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

13 मिनट पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

16 मिनट पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

23 मिनट पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले