Janakpurdham
Fri, Aug 07, 2026
`

गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

सिराहा। गृह मन्त्रालयको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेको क्रसरहरू बन्द गराइको छ।

गत २० पुसमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराइएको हो।

मन्त्रालयको परिपत्रको पालना गर्दै नियमविपरीत अवैध रुपमा सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लालबावु कवाडीले जानकारी दिए।

‘जिल्लामा रहेका २३ वटा क्रसर उद्योगमध्ये करिब सातवटाको नवीकरणको समय अझै बाँकी रहेकाले सञ्चालन हुँदै आएका थिए,’ उनले भने।

तर, अब मापदण्डविपरीत सञ्चालन हुँदै आएका र नवीकरणको समय बाँकी रहेका सबै क्रसर उद्योग, नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्, संकलन र बिक्री वितरणसमेत एक हप्ताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कवाडीले बताए।

बिहीबार बसेको जिल्ला अनुगमन समितिको बैठकले ‘ढुंगा,गिट्टी र वालुवा उत्खनन्, बिक्री वितरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ र वालुवा गिट्टी उत्खनन्, संकलन, क्रसिङ तथा बिक्री वितरण र क्रसर उद्योग स्थापना वा सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ बमोजिम नवीकरण भएका तथा सञ्चालनमा रहेका क्रसर उद्योगसमेत बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख दिलीपकुमार लामाले बताए।

दर्ता भई नवीकरण भएका एवं सञ्चालनमा रहेका उद्योगहरुको हकमा समेत हाललाई बन्द गरी ती उद्योगहरू नियामानुसार सञ्चालन भएको नभएको सम्बन्धमा स्थलगत अनुगमनपश्चात मात्र आवश्यक निर्णय गरिने बैठकले निर्णय गरेको उपप्रमुख लामाले बताए।

कर्जन्हा नगरपालिका-२ स्थित श्री जगदम्वा ढुंगा क्रसिङ उद्योग, वडहारामाल ४ को जानकी क्रसर उद्योग, कमलेश्वरी बालुवा प्रशोधन उद्योग, सांग्रिला गिटी बालुवा प्रशोधन केन्द्र, जयकाली ढुंगा क्रसिङ उद्योग, हिमाल क्रसिङ उद्योग, बस्तीपुर ९, माँ सन्तोषी क्रसिङ उद्योग, आसोपुर वलकवा ८, स्वेच्छा बालुवा प्रशोधन उद्योग, एस एन्ड सन्स कंक्रिट उद्योग, कमलामाई क्रसर उद्योगलगायत मापदण्डविपरीत अवैध रुपमा सञ्चालित २३ वटा क्रसर उद्योग बन्द गराइएका हुन्।साभार : डिसी नेपाल

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

58 मिनट पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

60 मिनट पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले