जसपा सरकारबाट बाहिर ! यादव भन्छन्- भागबण्डामा हामीलाई उपेक्षा गरियो
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा आफूहरूले चित्तबुझ्दो भाग नपाएको भन्दै जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । आफ्नो पार्टी अहिले सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई सरकारमा उपेक्षा गर्न खोजिएको गुनासो गरे । हिजो बसेको सत्तारुढ दलहरूको बैठकले आफूहरूलाई सम्मानित व्यवहार नगरिएको उनको भनाइ छ ।‘अब सबै प्रचण्डमाथि निर्भर छ,’ यादवले भने, ‘हामीसँग कुनै समझदारी भएको छैन । तत्काल हामी सरकारमा सहभागी हुँदैनौ ।’हिजोको बैठकमा जसपालाई दुईवटा मन्त्रालय दिने अफर गरिएको थियो । त्यो पनि अरूले रोजेर बाँकी बसेको मन्त्रालय दिन खोजिएको यादवले बताए ।उनले थपे, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राजनीतिक नियुक्तिहरू, संवैधानिक नियुक्तिहरू लगायतका विषयमा छलफल हुनुपर्यो,। प्याकेजमै सहमति हुनुपर्यो भन्ने हाम्रो माग हो । दोस्रो कुरा मन्त्रालयको बाँडफाँटमा पनि जसपालाई उपेक्षा गर्ने काम भयो । त्यसैले जसपा कसैको टाङमुनि छिरेर सरकारमा जाँदैन ।’हिजोको बैठकमा यादवले राप्रपा बराबर तीनवटा मन्त्रालय पाउनुपर्ने माग गरेका थिए । साथै, उपराष्ट्रपति लगायतका संवैधानिक पदहरूमा पनि आफूहरूलाई भाग दिनुपर्ने उनको माग थियो । तर, नेताहरू त्यसमा सहमत नभएपछि यादव असन्तुष्ट भएर हिँडेका थिए ।यदि सरकारमा सहभागी हुन नपाए प्रचण्डलाई दिएको समर्थन जसपाले फिर्ता लिन्छ ? भन्ने प्रश्नमा यादवले भने, ‘त्यतातिर अहिले हामी नजाऊँ ? अहिले हामी सरकारमा जाने अवस्था रहेन, कुरा यत्ति हो । हामीलाई यसमा दुख पनि छैन ।’सरकारमा जाने ढोका पूर्णरुपमा बन्द भने नभएको उनले बताए ।साभार : नेपाल प्रेस
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
3 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
3 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले