Janakpurdham
Wed, Sep 23, 2026
`

मधेसको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।प्रदेशसभा बैठकमा आज भएको निर्वाचनबाट नेकपा एमालेका सांसद मण्डल निर्वाचित भएका हुन् । उनले १०३ मत पाएका छन् । उनी सभामुखमा निर्वाचित भएको प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले घोषणा गरे ।प्रदेशसभामा आज १०३ सांसदको उपस्थिति रहेको थियो । जसमध्ये २९ सांसदले नेपाली काँग्रेसको तर्फबाट सभामुखका उम्मेदवार बनेका जंगीलाल रायलाई मतदान गरेका छन् ।कांग्रेसको २२ र नेकपा एसको ७ सांसदले रायको पक्षमा मतदान गरेको बुझिएको छ । नेकपा एसले रायको पक्षमा उभिने निर्णय पनि गरेको थियो ।मण्डल धनुषा क्षेत्र नम्बर १ (२)बाट निर्वाचित प्रदेश सांसद हुन् । उनी ०७४ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । माओवादी र एमाले मिलेर नेकपा बनेको थियो र पछि अलग भयो । त्यतिबेला एमाले रोजेपछि मण्डलको सांसद पद गुमेको थियो । माओवादीले सांसद पद खोसेको उनलाई अहिले सभामुखमा भने समर्थन गरेको छ ।साभार : नेपाल प्रेस

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

3 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

3 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले