Janakpurdham
Sun, Feb 08, 2026
`

मधेसका मुख्यमन्त्री यादवले भने- घुस खुवाएर संघका कर्मचारी आउँछन् र दिनदहाडै कमिशन माग्छन्

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघको कर्मचारीले दिनदहाडै घुस माग्ने गरेको गुनासो गरेका छन् ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री राउतले प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल भयो । छलफलका क्रममा उठेको जिज्ञासाको जवाफ दिने क्रममा मुख्यमन्त्री राउतले संघका कर्मचारीले दिनदहाडै घुस माग्ने गरेको गुनासो गरेका हुन् ।

उनले भने, ‘म सभामुख रहेका बेला प्रदेश सरकारबाट मेरै क्षेत्रमा एउटा काम भएको थियो । त्यसका लागि कर्मचारीले १० प्रतिशत कमिशन मागे । म मुख्यमन्त्री लालबाबु राउत ज्यूलाई त्यतिबेला फोन गरेर भनेको थिए । त्यसपछि ति कर्मचारीले भने मुख्यमन्त्रीले त फोन गर्नुभएको थियो, त्यसैले अब ८ प्रतिशत मात्र दिनुस् ।’

‘कर्मचारीहरु संघमा घुस खुवाएर प्रदेशमा आउँछन्, ‘मुख्यमन्त्री यादवले भने, ‘त्यसैले प्रदेशको डर नै हुँदैन । दिनदहाडै कमिशन माग्छन् । त्यसै प्रहरी र कर्मचारी समायोजन जरुरी भएको छ ।’

उनले कर्मचारी र प्रहरी समायोजन भएपछि प्रदेशमा भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गरे । उनले निर्देशन दिए, ‘म यहीबाट निर्देशन दिन्छु, भ्रष्टाचार बन्द गर्नुस्, नत्र नराम्रो पनि हुनसक्छ ।’

मुख्यमन्त्री यादवले प्रहरी र कर्मचारी समायोजनका लागि सर्वदलीय टोली काठमाडौं जानुपर्ने अवस्था आउन सक्ने बताए । उनले संघीयतालाई कमजोर हुन नदिने सबै मिलेर मजबुत बनाउने काम गर्ने प्रतिवद्धता पनि जनाए ।

सदनमा उठेको जिज्ञासामा उनले विगतको सरकारले ५ वर्षमा के कति काम गरेको र के गर्न बाँकी रहेको रिपोर्ट पेश गर्न मुख्य सचिवको संयोजकत्वमा समिति समेत बनाएर निर्देशन दिएको बताए ।

मुख्यमन्त्री यादवले बाँकी भुक्तानी कति रहेको र किन भुक्तानी हुन नसकेको विषयको रिपोर्ट पेश गर्न सबै मन्त्रालयका सचिवलाई समेत निर्देशन दिइसकेको सदनलाई जानकारी गराए । उनले मधेश बलिदानी दिवसमा शहिद परिवारहरुको अवस्था हेरेर २५ देखि २ लाखसम्म सहयोग गर्ने पनि निर्णय हिजो नै गरेको बताए ।साभार : नेपाल प्रेस

`
12 comments
कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछः महामन्त्र..

काठमाडौं, माघ २४ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्..

10 घन्टा पहिले

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं, माघ २४ : वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्..

10 घन्टा पहिले

जनताको मत र जीतको असली हकदार हामी हौं : उपेन्द्र यादव

सप्तरी, माघ २३ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र ज..

18 घन्टा पहिले

रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्..

काठमाडौं, माघ २३ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उ..

18 घन्टा पहिले

कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन..

माेरङ, माघ २२ : नेपाली काङ्ग्रेसका नेता डा।शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र स..

2 दिन पहिले