
प्रदेश प्रमुख मिश्रद्वारा मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा आज पेश गर्नुभएको छ ।मधेश प्रदेश सभाको बैठकमा पेश गरिएको प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, उद्योग, पर्यटनका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिइएको छ ।प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको समग्र विकासका लागि सिँचाइ, यान्त्रिकीकरण, उन्नत प्रविधिका साथै उत्पादित कृषिको प्रशोधन तथा बजारीकरणमा जोड दिइएको छ । यसका साथै किसानहरूलाई निःशुल्क कृषि विद्युत् मिटर जडान गर्दै भूमिगत सिँचाइमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।यसका साथै मधेश प्रदेशका विभिन्न पर्यटकीय स्थलको विकास तथा सौन्दर्यीकरणमा विशेष जोड दिँदै बाराको गढीमाइको विकासका लागि विशेष कार्यक्रम ल्याउने प्रदेश प्रमुखले पेश गर्नुभएको प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।नीति तथा कार्यक्रममा शौर्य ऊर्जाको पर्याप्त सम्भावना भएकाले शौर्य ऊर्जामा विशेष जोड दिने भएको छ ।यसका साथै प्रदेशका सबै सडकको किनार खाली जग्गा वृक्षारोपण अभियानमा तीव्रता दिने मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । यसका लागि प्रदेशमा नर्सरी विकासमा जोड दिई बिरुवा उत्पादन गरिने भएको छ ।यसका साथै प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेशमा उत्कृष्ट कामकाज गर्ने पत्रकारलाई वर्षेनी पुरस्कृत गर्नुका साथै एफ एम रेडियोको संरक्षणका लागि पनि कार्यक्रम ल्याइने भएको छ ।साभार : रेडियो नेपाल

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
3 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले