शेरबहादुर र शेखरसँगसँगै चितवन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला चितवन पुगेका छन्।नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा र कोइराला शुक्रबार बिहान चितवन पुगेका हुन्।पार्टी सभापति देउवा र नेता कोइराला शुक्रबार बिहान बुद्ध एयरको एउटै विमानबाट भरतपुर पुगेका थिए । पछिल्लो समय देउवा र कोइरालाबीच सम्बन्ध सुधार हुँदै गएको छ । कोइराला देउवाप्रति आक्रामक हुन छाडेका छन् ।डिएलएको महाधिवेशन उद्घाटन चितवनको रत्ननगर नगरपालिकाको निपनीस्थित होटल स्टार क्यांक्वेटमा हुँदै छ । नयाँ नेतृत्व चयन गर्दै डिएलएको महाधिवेशन शनिबार सकिनेछ ।नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि चयन हुने छन्। नेतृत्वका लागि सीताराम केसी र लक्ष्मीदेवी रावल प्रतिष्पर्धामा छन्। रावल सभापति देउवा र केसी कोइराला निकट हुन्।महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार वकिलमध्येबाट एक हजार ४०१ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन्।साभार : मिडिया डबली
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
2 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
2 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले