डीएलएको अध्यक्षमा सीताराम केसी बिजयी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । नेपाली कांग्रेस निकट कानून व्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एसोसिसन (डीएलए) को ११ औं महाधिवेशनबाट अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन्।चितवनको रत्ननगरमा शनिबार भएको मतदानबाट वरिष्ठ अधिवक्ता केसी अध्यक्षमा विजयी भएका हुन्। निवर्तमान महासचिव लक्ष्मीदेवी दाहाल रावललाई फराकिलो मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा बिजयी भएका हुन्।निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल र महिला उपाध्यक्षमा कविता थापा कार्की विजयी भएका छन्। त्यसैगरी हरेक प्रदेशबाट एक एक जना केन्द्रीय उपाध्यक्ष निर्वाचित हुने व्यवस्था अनुसार कोशीबाट कविता बस्नेत, मधेसबाट रमानन्द शाह, बागमतीबाट जनकराज श्रेष्ठ, गण्डकीबाट भूमिश्वर शर्मा गौतम, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम उपाध्याय उपाध्यक्षमा निर्वाचित भएका छन्।महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी, सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना र कोषाध्यक्षमा हरिबहादुर बस्नेत बिजयी भएका छन्।त्यसैगरी, केन्द्रीय सदस्यमा अफताब आलम, गोविन्दराम परियार, प्रविण महर्जन, सतेन्द्र प्रजापती, अमितकुमार कर्ण, सुनील पाण्डे, दिपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना चिरन, किरण पौडेल, चक्रबहादुर थापा, दुर्गाप्रसाद पोखरेल, प्रज्वल अधिकारी, विनोद अधिकारी, हरिप्रसाद रेग्मी, हरिप्रसाद पन्त, विष्णुकुमारी शर्मा, भरतबहादुर सिंह, सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमलराज शाही र विष्णु खनाल निर्वाचित भएका छन्।तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न देशभर झण्डै १६ सय महाधिवेशन प्रतिनिधिहरु रहेकामा ११ सय मतदानमा सहभागी भएका थिए।साभार : स्पेसखबर
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
54 मिनट पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
55 मिनट पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले