Janakpurdham
Sat, Aug 23, 2025
`

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, जेष्ठ  २९ गते । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आवका लागि करिब रु ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । “चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको रु २० अर्ब र सङ्घीय सरकारले दिने रु १५ अर्ब गरी करिब रु ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ ।”सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उहाँको भनाइ छ । “अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ । सङ्घ सरकारले आगामी आवका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो”, अर्थ सचिव भट्टराईले भन्नुभयो । चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले रु ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । गत मङ्गलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भई गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ ।साभार : गोरखापत्र अनलाइन

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

3 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले