प्रधानमन्त्रीलाई पदबाट निलम्बन गर्न माग गरिएको मुद्दा सपना प्रधान मल्लको इजलासमा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट निलम्बन गर्न माग गरिएको मुद्दाको पेशी सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा तोकिएको छ । रिटमा प्रधानमन्त्री दाहाल र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गरिएको छ ।सशस्त्र युद्धका बालसेना लेनिन विष्टले मुद्दा दायर गरेका हुन् । बिष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै दरपीठ गरिदिएको थियो । तर, विष्टले दरपीठविरुद्ध फेरि सर्वोच्चमै निवेदन दिए । विष्टको निवेदनमाथि सुनुवाइपछि न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही अनुसार दर्ता भएको रिटको आज पेशी तोकिएको हो ।रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ ।साभार : डिसी नेपाल
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ
काठमाडौं, फागुन २५ : राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन्। सिंहदरबारस्थित कानुन,न्याय तथा म..
10 घन्टा पहिले
बालेनले बुझाए निर्वाचन आयोगमा चुनावी खर्च विवरण
काठमाडौं, फागुन २५ : झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (..
10 घन्टा पहिले
धनुषा १ को नतिजा सार्वजनिक नगर्न आयोगको निर्देशन
जनकपुर, फागुन २४ : धनुषाको क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज रहेक..
22 घन्टा पहिले
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर..
जनकपुर, फागुन २४ : प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा दुई दिन अघिमात्र भारी मतका साथ निर्..
22 घन्टा पहिले
सर्लाही–४ मा रास्वपाका सिंह विजयी
बरहथवा (सर्लाही),,फाल्गुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्ट..
2 दिन पहिले