Janakpurdham
Wed, Sep 23, 2026
`

मधेशमा मुख्यमन्त्रीलाई एमालेले किन दियो विश्वासको मत ? शंकर पोखरेलले दिए कारण

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको बताएका छन्।एमालेले नै समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन बाध्य भएका मुख्यमन्त्री सरोजकुमार यादवलाई मङ्गलवार एमालेले पनि विश्वासको मत दिएको थियो।उनले कोशी प्रदेशतर्फ संकेत गर्दै बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरूले पनि रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको बताएका छन्। माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको कोशी प्रदेश अल्पमतमा छ।उनले फेसबुकमा लेखेका छन्, ‘जसपा नेतृत्वको मधेश प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा(एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ।’मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको उनको बुझाइ छ।मङ्गलवार मधेशका मुख्यमन्त्रीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलले विश्वासको मत दिएका थिए।मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ सांसदले मत दिएका थिए। प्रदेशसभामा १०७ सांसद छन्।साभार : नेपाल प्रेस

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

56 मिनट पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

57 मिनट पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले