
मधेश प्रदेशका अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आर्थिक सर्वेक्षण २०७९/८० प्रदेश सभाको बैठकमा आज पेश गर्नु भएको छ ।मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश सभामा पेश गरेको आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक, सामाजिक सहितका समग्र अवस्थाको विषयहरू समावेश गरेर तथ्यगत चित्रण गर्नु भएको छ । अर्थमन्त्री यादवले पेश गर्नु भएको आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक वृद्धि दर १.९० प्रतिशत रहनेछ जून सातै प्रदेश भन्दा कम रहेको छ । नेपालको प्रति व्यक्ति आय १३९९ अमेरिकी डलर रहेकोमा मधेश प्रदेशको प्रति व्यक्ति आय ८७५ डलर रहेको अर्थमन्त्रीले पेश गर्नु भएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । मधेश प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ७ अर्ब रहने अनुमान गत वर्ष ६ खर्ब ५० अर्ब रहेको थियो । मधेश प्रदेशको गार्हस्थ्य उत्पादन १३.१ प्रतिशत रहेको छ । मधेश प्रदेशमा कूल विनियोजन बजेटको चैत्र मसान्तसम्ममा २१.४२ प्रतिशतले खर्च भएको छ । चालु आर्थिक वर्षको २०८० जेठ १७ गतेसम्ममा मधेश प्रदेशको कूल राजश्व २२ खर्ब ४२ करोड रहेको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । मधेश प्रदेशमा बैक तथा वित्तीय संस्थाहरूको सङ्ख्या तथा कारोबार पनि बढी रहेको मधेश प्रदेशका अर्थमन्त्रीले पेश गर्नु भएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । आर्थिक सर्वेक्षणमा नेपालमा कूल श्रम स्वीकृति मध्ये सबैभन्दा बढी श्रम स्वीकृतिमा मधेश प्रदेशका ६ जिल्लाबाट लिएको पाइएको छ । प्रदेश सरकारले पेश गरेको आर्थिक सर्वेक्षणको आधारको रुपमा राष्ट्रिय तथ्याङ्क कार्यालय तथा नेपाल राष्ट्र बैङ्कको तथ्यांकहरुलाई एकीकृत गरेर आर्थिक सर्वेक्षण तयार पार्ने काम भएको छ ।साभार : रेडियो नेपाल

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
3 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले