Janakpurdham
Wed, Sep 23, 2026
`

धनुषाका एसपी खड्काविरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्का विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू आज प्रदर्शन गरेका छन् ।भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले एसपी खड्काविरुद्ध प्रदर्शन गरेको हो ‌। एमालेका नेता कार्यकर्ताहरू जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरे ।प्रदर्शनको नेतृत्व पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य उमाशंकर अरगरियाले गरेका थिए । उनले भ्रष्टाचारी र भ्रष्टाचारीको संरक्षक विरुद्ध प्रदर्शन गरेको बताए ।शुक्रवार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालो मोसो दलेका थिए । उक्त घटनामा संलग्नहरुमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेपछि एमालेले एसपी विरुद्ध प्रदर्शन गरेको बुझिएको छ ।शिक्षक सरुवा, पदस्थापन, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै उनलाई युवाहरूको समूहले कालो मोसो दलेको थियो ।साभार : नेपाल प्रेस

  

 

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

49 मिनट पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

50 मिनट पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले