Janakpurdham
Wed, Sep 23, 2026
`

बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ अभिभावक सम्मानित

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जलेश्वर, असार ५ गते । बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ जना अभिभावकलाई यहाँ सम्मान गरिएको छ। मटिहानी नगरपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाले बालविवाह न्यूनीकरण गर्ने उद्देश्य साथ उमेर पूरा गरी छोरीलाई विवाह गर्ने अभिभावकलाई प्रोत्साहन गर्न सम्मान गरेको हो। नगरपालिका क्षेत्रमा ३७ प्रतिशतभन्दा बढी बालविवाह अझै पनि हुने गरेकाले सो प्रतिशत घटाउन अभिभावकलाई नै सम्मान गरेर प्रोत्साहन गरेको नगर प्रमुख हरिप्रसाद मण्डलले बताउनुभएको छ। अभिभावकलाई नगर प्रमुख मण्डल र प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो। बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले वडाले सिफारिस गरेका अभिभावकलाई सम्मान गरिएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दासले बताउनुभएको छ। प्रमुख जिल्ला अधिकारी पहाडीले बालविवाह सामाजिक अपराध भएको बताउँदै अझै समाजमा बालविवाह जस्तो सामाजिक कुरीति व्याप्त रहेकोले त्यसको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो।  साभार : गोरखापत्र

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

58 मिनट पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

59 मिनट पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले