Janakpurdham
Thu, Sep 24, 2026
`

प्रदेशको पोषण अवस्थामा सुधार गर्न सरकार लागिपरेको छ : मुख्यमन्त्री यादव

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि प्रदेश सरकारले विभिन्न प्रकारको नीति तथा कार्यक्रम बनाएर अगाडी बढेको बताउनुभएको छ ।ग्रामीण महिला विकास तथा एकता केन्द्रको आयोजनामा पोषण अवस्थामा सुधार सम्बन्धी प्रदेश स्तरीय छलफल तथा संवाद कार्यक्रमको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले संविधानले नै खाद्य अधिकारको विषयलाई मौलिक हकको रुपमा अंंगिकार गरेकाले सबै वर्गका व्यक्तिलाई खाद्य सुरक्षाको अनुभूति दिलाउने गरी प्रदेश सरकारले विभिन्न प्रकारको कार्यक्रमहरू गरिरहेको बताउनुभयो ।मुख्यमन्त्री यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि महिला तथा बालबालिकालाई केन्द्रित गरी पोषणका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि गरिबी, अशिक्षा तथा स्वास्थ्यमा पनि सुधार हुन आवश्यक भएको बताउनुभयो ।मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले पोषण अवस्थामा सुधार गर्नका लागि पूर्ण सुरक्षित मातृत्व प्रदेश, बाल तथा मातृ मृत्युदर घटाउने र पोषणयुक्त खाद्य गरिब तथा विपन्न वर्गका व्यक्तिलाई वितरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

संस्थाका संस्थापक अध्यक्ष एवं नेपाली काँग्रेसका नेतृ डा. आरजु राणाले सामाजिक रुपान्तरणका लागि सबै मिलेर अगाडी बढेको खण्डमा पोषण जस्ता समस्याहरू आफै अन्त्य हुने बताउनुभयो ।मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि ४ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिएको छ । प्रतिबद्धता पत्रमा मुख्यमन्त्रीसहित प्रदेश सरकारका आधा दर्जन मन्त्रीहरूले हस्ताक्षर गर्नुभएको छ ।साभार : रेडियो नेपाल

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

21 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

21 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले