
प्रदेशको पोषण अवस्थामा सुधार गर्न सरकार लागिपरेको छ : मुख्यमन्त्री यादव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि प्रदेश सरकारले विभिन्न प्रकारको नीति तथा कार्यक्रम बनाएर अगाडी बढेको बताउनुभएको छ ।ग्रामीण महिला विकास तथा एकता केन्द्रको आयोजनामा पोषण अवस्थामा सुधार सम्बन्धी प्रदेश स्तरीय छलफल तथा संवाद कार्यक्रमको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले संविधानले नै खाद्य अधिकारको विषयलाई मौलिक हकको रुपमा अंंगिकार गरेकाले सबै वर्गका व्यक्तिलाई खाद्य सुरक्षाको अनुभूति दिलाउने गरी प्रदेश सरकारले विभिन्न प्रकारको कार्यक्रमहरू गरिरहेको बताउनुभयो ।मुख्यमन्त्री यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि महिला तथा बालबालिकालाई केन्द्रित गरी पोषणका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि गरिबी, अशिक्षा तथा स्वास्थ्यमा पनि सुधार हुन आवश्यक भएको बताउनुभयो ।मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले पोषण अवस्थामा सुधार गर्नका लागि पूर्ण सुरक्षित मातृत्व प्रदेश, बाल तथा मातृ मृत्युदर घटाउने र पोषणयुक्त खाद्य गरिब तथा विपन्न वर्गका व्यक्तिलाई वितरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

संस्थाका संस्थापक अध्यक्ष एवं नेपाली काँग्रेसका नेतृ डा. आरजु राणाले सामाजिक रुपान्तरणका लागि सबै मिलेर अगाडी बढेको खण्डमा पोषण जस्ता समस्याहरू आफै अन्त्य हुने बताउनुभयो ।मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि ४ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिएको छ । प्रतिबद्धता पत्रमा मुख्यमन्त्रीसहित प्रदेश सरकारका आधा दर्जन मन्त्रीहरूले हस्ताक्षर गर्नुभएको छ ।साभार : रेडियो नेपाल

वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..
जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..
4 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
19 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
19 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले