Janakpurdham
Sun, May 10, 2026
`

फ्राइडे रिलिज : ‘रकी और रानी की प्रेम कहानी’लाई उच्च शो, ‘धूमम’ले पाएन हल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । शुक्रबारबाट हलिउड फिल्म ‘टक टु मी’सहित दुई हिन्दी फिल्म ‘रकी और रानी की प्रेम कहानी’ र ‘धूमम’ रिलिज भएका छन् । हिन्दी फिल्म ‘रकी और रानी की प्रेम कहानी’लाई उच्च शो दिँदा ‘धूमम’ले पनि अधिकांश मल्टिप्लेक्समा शो नै पाएको छैन । क्यूएफएक्स चेन, बिग मुभिज जस्ता हलले यो फिल्मलाई शो नै उपलब्ध गराएका छैनन् ।सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको ‘धूमम’मा  फहाद फासिल मुख्य भूमिकामा छन । पवन कुमारको निर्देशन रहेको फिल्म ‘धूमम’ भारतमा गत २३ जुनमा मलयालम र कन्नडा भाषामा प्रदर्शन भएको थियो । बक्सअफिसमा फिल्मले औसत कमाई गरेको भए पनि सुखद प्रतिक्रिया पाएको थियो । यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा  आलिया भट्ट र रणवीर सिंहको मुख्य भूमिका छ । करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक र आर्थिक पृष्ठभूमिका दुई पात्रको कथावस्तुलाई प्रस्तुत गरिएको छ । फिल्ममा रणवीर सिंहले रकी रन्धावा र आलियाले रानीको भूमिका निर्वाह गरेका छन् ।यो साता कुनै नयाँ नेपाली फिल्म भने हलमा आएनन् । साभार : कोसी अनलाइन

`
12 comments
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

7 घन्टा पहिले

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..

7 घन्टा पहिले

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

1 दिन पहिले

पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..

काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..

1 दिन पहिले

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..

काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..

2 दिन पहिले