Janakpurdham
Wed, Jul 02, 2025
`

फ्राइडे रिलिज : ‘रकी और रानी की प्रेम कहानी’लाई उच्च शो, ‘धूमम’ले पाएन हल

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । शुक्रबारबाट हलिउड फिल्म ‘टक टु मी’सहित दुई हिन्दी फिल्म ‘रकी और रानी की प्रेम कहानी’ र ‘धूमम’ रिलिज भएका छन् । हिन्दी फिल्म ‘रकी और रानी की प्रेम कहानी’लाई उच्च शो दिँदा ‘धूमम’ले पनि अधिकांश मल्टिप्लेक्समा शो नै पाएको छैन । क्यूएफएक्स चेन, बिग मुभिज जस्ता हलले यो फिल्मलाई शो नै उपलब्ध गराएका छैनन् ।सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको ‘धूमम’मा  फहाद फासिल मुख्य भूमिकामा छन । पवन कुमारको निर्देशन रहेको फिल्म ‘धूमम’ भारतमा गत २३ जुनमा मलयालम र कन्नडा भाषामा प्रदर्शन भएको थियो । बक्सअफिसमा फिल्मले औसत कमाई गरेको भए पनि सुखद प्रतिक्रिया पाएको थियो । यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा  आलिया भट्ट र रणवीर सिंहको मुख्य भूमिका छ । करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक र आर्थिक पृष्ठभूमिका दुई पात्रको कथावस्तुलाई प्रस्तुत गरिएको छ । फिल्ममा रणवीर सिंहले रकी रन्धावा र आलियाले रानीको भूमिका निर्वाह गरेका छन् ।यो साता कुनै नयाँ नेपाली फिल्म भने हलमा आएनन् । साभार : कोसी अनलाइन

`
12 comments
कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..

काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..

24 घन्टा पहिले

ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..

1 दिन पहिले

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..

काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ।  प्रतिनिधिसभा बैठ..

2 दिन पहिले

सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय

काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..

2 दिन पहिले

कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..

जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..

3 दिन पहिले