Janakpurdham
Fri, Oct 24, 2025
`

प्रदेश प्रमुख मिश्रद्वारा निःशुल्क शल्यक्रिया अस्पतालको शिलान्यास

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले जनकपुरधाममा खुडोपना सहितको अनुहारको अन्य समस्याको निःशुल्क उपचार गर्ने स्वास्थ्य संस्थाबाट सबै वर्गका व्यक्ति लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ ।प्रदेश प्रमुख मिश्रले जनकपुरधामको वडा नंं ८ मा नेशनल इन्स्टिच्युट अफ क्रेनोफेसियल सर्जरीसम्बन्धी अस्पतालको शिलान्यास गर्नुहुँदै जर्मनीका क्लेफ्ट चिल्ड्रेन ईन्टरनेशनल संस्थाको सहयोगमा सञ्चालन हुने उक्त अस्पतालमा सबै वर्गका बालबालिकाहरूको बिग्रेको अनुहारको शल्यक्रिया निःशुल्क उपचार हुनु हर्षको विषय भएको बताउनुभयो ।

मधेश प्रदेशका विना विभागीय मन्त्री सुरिता कुमारी साहले यस्ता प्रकारको परोपकारी संस्थाले जनकपुरधाममा शाखा स्थापना गरेर सेवा प्रदान गर्न लागेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक डा. अङ्कुर साहले जनकपुरधाममा खुडोपना तथा अनुहारका अन्य समस्याहरूको शल्यक्रिया तथा उपचार निःशुल्क रुपमा हुनु सुखद भएको बताउनुभयो ।

सभापतिको आसनबाट अस्पतालका संस्थापक अध्यक्ष डा. सुमित सिंहले संस्थाले पहिलो पटक काठमाडौँको वसुन्धरामा रहेको अस्पतालमा ३ सय २४ जनाको निःशुल्क परीक्षण गरेर ५२ जनाको निःशुल्क शल्यक्रिया गरेको बताउँदै जनकपुरधाममा संस्थाको अस्पताल खुलेपछि यस ठाउँका आम जनताले ठूलो लाभ पाउने आशा व्यक्त गर्नुभयो ।उहाँले विश्व विख्यात जर्मन नागरिक क्रेनियोफेसियल प्राध्यापक डा.हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन ईन्टरनेशनलले संस्थालाई सहयोग गर्दै आएको बताउँदै यसमा अनुहार नमिलेको भागहरूको हड्डी काटेर अनुहार मिलाएर चिटिक्क बनाउने विषयको शल्यक्रिया पनि हुने बताउनुभयो ।साभार : रेडियो नेपाल

`
12 comments
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

17 घन्टा पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

17 घन्टा पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

2 दिन पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

2 दिन पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

2 दिन पहिले