
फिल्म ‘गदर–२’ गर्न सनी देओल किन डराएका थिए ?
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं । फिल्म समीक्षक कोमल नाहटासँग कुरा गर्दै अभिनेता सनी देओलले ‘गदर–२’ गर्नुअघि आफू निकै डराएको बताएका छन् ।
जब कोमल नाहटाले सन्नी देओललाई फिल्मको कथा सुन्दा उनको पहिलो प्रतिक्रियाको बारेमा सोध्दा उनले भने, “म सुरुदेखि नै गदर २ देखेर नर्भस थिएँ। यो हाम्रो एउटा फिल्म हो जसको स्वाद बिगार्न चाहन्नथें।”
“धेरै डर लाग्थ्यो। त्यसैले जब उनी बोल्थे, म होइन.. हैन.. होइन भन्थें। जब उनले कथा सुनाए, मलाई राम्रो लाग्यो र मलाई लाग्छ कि हामी यो गर्न सक्छौं र यसमा लाग्यौं।”
अभिनेता सनी देओलले लामो समयपछि फिल्म गदर–२ बाट पर्दामा शानदार कमब्याक गरेका छन् ।
गदर–२ फिल्म ११ अगस्टमा रिलिज भएको हो । रिलिज भएदेखि नै फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा गदर–२ हेर्न हलमा दर्शकको भीड लागेको देख्न सकिन्छ ।
फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै फिल्मले पहिलो तीन दिनमा करिब १३४ करोड रुपैयाँ कमाएको बताएका छन् ।
फिल्मले शुक्रबार ४० करोड, शनिबार ४३ र आइतबार करिब ५१ करोड कमाएको छ ।
गदर फिल्म सन् २००१ मा रिलिज भएको थियो र फिल्मले त्यतिबेला पनि राम्रो व्यापार गरेको थियो ।
गदर–२ फिल्मका निर्देशक अनिल शर्मा हुन् र फिल्ममा सन्नी देओलका अलावा अमिषा पटेल, उत्कर्ष शर्मा मुख्य भूमिकामा छन् ।
साभार : डिसी नेपाल

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
7 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
7 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
22 घन्टा पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
22 घन्टा पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 दिन पहिले