Janakpurdham
Thu, Apr 30, 2026
`

फिल्म ‘गदर–२’ गर्न सनी देओल किन डराएका थिए ?

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । फिल्म समीक्षक कोमल नाहटासँग कुरा गर्दै अभिनेता सनी देओलले ‘गदर–२’ गर्नुअघि आफू निकै डराएको बताएका छन् ।

जब कोमल नाहटाले सन्नी देओललाई फिल्मको कथा सुन्दा उनको पहिलो प्रतिक्रियाको बारेमा सोध्दा उनले भने, “म सुरुदेखि नै गदर २ देखेर नर्भस थिएँ। यो हाम्रो एउटा फिल्म हो जसको स्वाद बिगार्न चाहन्नथें।”

“धेरै डर लाग्थ्यो। त्यसैले जब उनी बोल्थे, म होइन.. हैन.. होइन भन्थें। जब उनले कथा सुनाए, मलाई राम्रो लाग्यो र मलाई लाग्छ कि हामी यो गर्न सक्छौं र यसमा लाग्यौं।”

अभिनेता सनी देओलले लामो समयपछि फिल्म गदर–२ बाट पर्दामा शानदार कमब्याक गरेका छन् ।

गदर–२ फिल्म ११ अगस्टमा रिलिज भएको हो । रिलिज भएदेखि नै फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा गदर–२ हेर्न हलमा दर्शकको भीड लागेको देख्न सकिन्छ ।

फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै फिल्मले पहिलो तीन दिनमा करिब १३४ करोड रुपैयाँ कमाएको बताएका छन् ।

फिल्मले शुक्रबार ४० करोड, शनिबार ४३ र आइतबार करिब ५१ करोड कमाएको छ ।

गदर फिल्म सन् २००१ मा रिलिज भएको थियो र फिल्मले त्यतिबेला पनि राम्रो व्यापार गरेको थियो ।

गदर–२ फिल्मका निर्देशक अनिल शर्मा हुन् र फिल्ममा सन्नी देओलका अलावा अमिषा पटेल, उत्कर्ष शर्मा मुख्य भूमिकामा छन् ।

साभार : डिसी नेपाल

`
12 comments
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु

काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..

23 घन्टा पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम , वैशाख १६ गते ।  दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..

23 घन्टा पहिले

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..

2 दिन पहिले

नेपालकाे आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं, वैशाख १५ : राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ ..

2 दिन पहिले

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सोमबार नै बसे..

2 दिन पहिले