
म्याच हारेपछि भारतीय खेलाडी र प्रशिक्षकको हातबाट नेपाली खेलाडीलाई तक्मा ! (भिडिओ)
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, भदौ १९ गते । कुनै पनि खेलमा हारेको टीमको खेलाडीलाई जितेको टीमको खेलाडीले मेडल लगाइदिएको दृश्य बिरलै देखिन्छ । हिजो नेपाल–भारतबीचको पहिलो एक दिवसीय क्रिकेट म्याचपछि यस्तै अनौठो दृश्य देखियो ।श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेल भारतले १० विकेटले जितेको थिए । वर्षाले प्रभावित खेलमा नेपालले सन्तोषजनक ब्याटिङ गरे पनि गतिलो बलिङ गर्न नसक्दा ठूलो हार व्यहोर्यो । यद्यपि, खेलपछि नेपाली टिमको प्रशंसा भइरहेको छ । भारतीयहरूले पनि नेपाली ब्याट्सम्यानले साहसिक प्रदर्शन गरेको भन्दै सराहना गरेका छन् ।हिजोको म्याचपछि नेपाली टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले आफ्ना खेलाडीहरूलाई लिएर भारतीय ड्रेसिङ रुममा छिरेका थिए । त्यहाँ उनले भारतीय प्रशिक्षक राहुल द्रविण र खेलाडीहरूको हातबाट आफ्ना खेलाडीलाई मेडल थाप्न लगाए । हारेको म्याचमा यो मेडल केका लागि थियो ? नेपाली क्रिकेट समर्थक अलमलमा परेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार प्रशिक्षक देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा अनुसार विभिन्न खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई आफैँले यस्ता तक्मा बाँड्ने गरेका थिए । हिजो भने उनले भारतीय खेलाडीको हातबाट तक्मा लगाइदिएका हुन् ।प्रशिक्षक द्रविणसहित ब्याट्सम्यान राहुल द्रविण, हार्दिक पाण्ड्या लगायतले नेपाली खेलाडीहरू आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीलाई तक्मा लगाइदिएको देखिन्छ ।ड्रेसिङ रुममा खेलाडीहरूलाई प्रोत्साहन गर्ने प्रशिक्षकको शैली आफैँमा उदाहरणीय भए पनि आफूलाई हराउने विपक्षी टीमबाट मेडल लगाउनु पर्दा नेपाली खेलाडीहरू लजाएका देखिन्छन् । स्मरणीय छ कि प्रशिक्षक देसाई भारतबाटै आएका हुन् ।साभार : नेपाल प्रेस

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
3 घन्टा पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
4 घन्टा पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
1 दिन पहिले
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..
काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..
1 दिन पहिले
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
2 दिन पहिले