बुमराह आज पाकिस्तानविरुद्ध उत्रन तयार, विपक्षी तेज बलरलाई ओझेलमा पार्न सक्लान् ?
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
कोलम्बो,भदौ २४ गते । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको आफ्नो पहिलो खेलमा आइतबार भारतले पाकिस्तानसँग सामना गर्दै छ । चिरप्रतिद्वन्द्वीविरुद्ध खेल्न केएल राहुल र जसप्रित बुमराह उपलब्ध भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।यसअघि बुमराह श्रीमतीको डेलिभरीका कारण समूहगत चरणको दोस्रो खेल अगाडी भारत फर्किएका थिए । राहुल भने फिटनेसका कारण सुरुवाती दुई खेलमा उपलब्ध थिएनन् ।टोलीका सबैभन्दा प्रभावशाली तेज बलर बुमराहको पुनरागमनले टोलीको मनोबल उच्च बनेको देखिन्छ । समूहगत चरणमा भारतले पहिलो खेल पाकिस्तानविरुद्ध ब्याटिङ गरिसकेपछि वर्षा भएर अंक बाँडेको थियो । दोस्रो खेलमा नेपाललाई १० विकेटले हराएको थियो ।पाकिस्तानले सुपर फोरको आफ्नो पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । पाकिस्तानले समूहगत चरणको पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।पाकिस्तानका लागि तीन तेज बलर शाहिन शाह अफ्रिदी, ह्यारिस रौफ र नसिम शाहले शानदार प्रदर्शन गरिरहेका छन् । तीन खेलमा रौफले ९ तथा अफ्रिदी र शाहले ७-७ विकेट लिएका छन् । रौफ र अफ्रिदिको घातक बलिङपछि समूहगत चरणमा भारतले पाकिस्तानविरुद्ध ६६ रन जोड्दा ४ विकेट गुमाएको थियो ।बुमराहको पनि जारी प्रतियोगितामा टेस्ट हुन बाँकी छ। सम्भावित वर्षाका कारण यो खेलका लागि रिजर्भ डे राखिएको छ ।आइतबार वर्षाका कारण खेल रोकिएको अवस्थामा सोमबार सुचारु हुने छ । वर्षाले लगातार प्रभावित भएपछि प्रतियोगिताका खेलहरूलाई पालेकेलेबाट कोलम्बोमा सारिएको छ ।साभार : नेपाल प्रेस
गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..
4 घन्टा पहिले
सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन पà..
काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्..
1 घन्टा पहिले
कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..
मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..
1 दिन पहिले
देशका प्रमुख राजमार्गहरू अवरुद्ध, सतर्कता अपनाउन आग्रह
काठमाडौं, कात्तिक १४ : बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राà..
1 दिन पहिले
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
2 दिन पहिले