बुमराह आज पाकिस्तानविरुद्ध उत्रन तयार, विपक्षी तेज बलरलाई ओझेलमा पार्न सक्लान् ?
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
कोलम्बो,भदौ २४ गते । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको आफ्नो पहिलो खेलमा आइतबार भारतले पाकिस्तानसँग सामना गर्दै छ । चिरप्रतिद्वन्द्वीविरुद्ध खेल्न केएल राहुल र जसप्रित बुमराह उपलब्ध भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।यसअघि बुमराह श्रीमतीको डेलिभरीका कारण समूहगत चरणको दोस्रो खेल अगाडी भारत फर्किएका थिए । राहुल भने फिटनेसका कारण सुरुवाती दुई खेलमा उपलब्ध थिएनन् ।टोलीका सबैभन्दा प्रभावशाली तेज बलर बुमराहको पुनरागमनले टोलीको मनोबल उच्च बनेको देखिन्छ । समूहगत चरणमा भारतले पहिलो खेल पाकिस्तानविरुद्ध ब्याटिङ गरिसकेपछि वर्षा भएर अंक बाँडेको थियो । दोस्रो खेलमा नेपाललाई १० विकेटले हराएको थियो ।पाकिस्तानले सुपर फोरको आफ्नो पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । पाकिस्तानले समूहगत चरणको पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।पाकिस्तानका लागि तीन तेज बलर शाहिन शाह अफ्रिदी, ह्यारिस रौफ र नसिम शाहले शानदार प्रदर्शन गरिरहेका छन् । तीन खेलमा रौफले ९ तथा अफ्रिदी र शाहले ७-७ विकेट लिएका छन् । रौफ र अफ्रिदिको घातक बलिङपछि समूहगत चरणमा भारतले पाकिस्तानविरुद्ध ६६ रन जोड्दा ४ विकेट गुमाएको थियो ।बुमराहको पनि जारी प्रतियोगितामा टेस्ट हुन बाँकी छ। सम्भावित वर्षाका कारण यो खेलका लागि रिजर्भ डे राखिएको छ ।आइतबार वर्षाका कारण खेल रोकिएको अवस्थामा सोमबार सुचारु हुने छ । वर्षाले लगातार प्रभावित भएपछि प्रतियोगिताका खेलहरूलाई पालेकेलेबाट कोलम्बोमा सारिएको छ ।साभार : नेपाल प्रेस
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
19 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
19 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले