
इजरायलले भन्यो- हामी युद्धमा गयौँ, हमासको आक्रमणबाट २२ जनाको मृत्यु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं,असोज २० गते । इजरायलले प्यालेस्टाइनको हमासविरुद्ध शनिवार युद्धको घोषणा गरेसँगै मध्यपूर्वमा अशान्ति मच्चिएको छ ।प्यालेस्टिनी विद्रोहीहरूले इजरायलमाथि रकेट आक्रमण गरी २२ जनाभन्दा बढीको हत्या गरेपछि इजरायलले युद्ध घोषणा गरेको हो ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देश युद्धमा रहेको घोषणा गरेका छन् । उनले यसबाट हमासले ठूलो मूल्य चुकाउने चेतावनी समेत दिएका छन् ।इजरायलमा काम गर्ने नेपालीहरू अहिलेसम्म सबै सुरक्षित रहेको खबर प्राप्त भएको जेरुसेलमबाट नेपाल प्रेसकर्मी निता राउतले जनाएकी छन् ।उनले आफू अहिले एक नर्सिङ होमभित्र रहेको र बाहिर बमको आवाजहरू आइरहेको बताइन् ।उनका अनुसार अहिलेसम्म इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको खबर छ । रकेट आक्रमणमा दक्षिणी क्षेत्रको एक कृषि फार्ममा कार्यरत नेपाली कृषि विद्यार्थी घाइते भएको खबर आएपनि स्वतन्त्र पुष्टि भइसकेको छैन ।

उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका थिए ।‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो,’ उनले भनेका छन् ।इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको उनको दाबी छ । हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो । उक्त लडाइँ १० दिनसम्म चलेको थियो ।

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
5 घन्टा पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
5 घन्टा पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
1 दिन पहिले
जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!
–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..
1 दिन पहिले
आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..
काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..
1 दिन पहिले