Janakpurdham
Sun, May 10, 2026
`

हमासको प्रहार आकाशमै डिस्पोज गर्न इजरायलले राखेको आइरन डोम

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,,असोज २३ गते । यतिबेला प्यालेस्टाइन विद्रोही समूह हमास र इजरायलबीच युद्ध चर्किएको छ । गाजामा नियन्त्रण जमाएको हमासले गत शनिबार आकस्मिकरुपमा इजरायल प्रवेश गरेर आक्रमण थालेयता विश्वभरको ध्यान तानिएको छ ।त्यहाँ रहेका १० नेपालीसहित थुप्रै विदेशी पछिल्लो आक्रमणमा मारिएका छन् । हमास समूहले आफ्नो क्षेत्रबाट रकेटहरु सयौँको संख्यामा प्रहार गरिरहेको छ भने बन्धुकधारीहरु पनि इजरायली शहरहरुमा प्रवेश गरेका छन् ।बीबीसीका अनुसार पछिल्लो आक्रमण सुरु भएयता गाजाबाट ४५ सयभन्दा बढी रकेटहरु इजरायलमा प्रहार भएका छन् । ती मध्ये धेरै रकेट गन्तव्यसम्म पुग्न नपाई आकाशमै डिस्पोज भए । विद्रोहीले प्रहार गरेका रकेटहरु आकाशमै डिस्पोज गर्न इजरायलले आइरन डोम डिफेन्स सिस्टम बनाएको छ ।बीबीसीका अनुसार हाजबोल्लाहसँगको युद्धपछि इजरायलले सन् २००६ मा आइरन डोम बनाएको हो । सन् २०११ को अप्रिल ७ तारिखमा आइरन डोमले पहिलोपटक विद्रोहीले प्रहार गरेको रकेट आकाशमा डिस्पोज गरेको थियो । 

यो सिस्टममा विद्रोहीले आफ्नो क्षेत्रमा रकेट प्रहार गर्ने वित्तीकै चाल पाउने र त्यसको बाटो पहिल्याउने सिस्टम विकाश गरिएको हुन्छ । रकेट आक्रमण गर्न खोजिएको क्षेत्र पहिचान हुन्छ र त्यसरी आएको रकेटलाई डिस्पोज गर्न जवाफी क्षेप्यास्त्र प्रहार हुन्छ ।

आइरन डोम सिस्टमले ४ किलोमिटरदेखि ७० किलोमिटरसम्मबाट प्रहार भएका रकेटहरुलाई आकाशमै डिस्पोज गर्ने र क्षति हुनबाट रोक्ने सामर्थ्य राख्छ ।

`
12 comments
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

5 घन्टा पहिले

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..

5 घन्टा पहिले

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

1 दिन पहिले

पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..

काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..

1 दिन पहिले

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..

काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..

2 दिन पहिले