Janakpurdham
Wed, Sep 10, 2025
`

हमासको प्रहार आकाशमै डिस्पोज गर्न इजरायलले राखेको आइरन डोम

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,,असोज २३ गते । यतिबेला प्यालेस्टाइन विद्रोही समूह हमास र इजरायलबीच युद्ध चर्किएको छ । गाजामा नियन्त्रण जमाएको हमासले गत शनिबार आकस्मिकरुपमा इजरायल प्रवेश गरेर आक्रमण थालेयता विश्वभरको ध्यान तानिएको छ ।त्यहाँ रहेका १० नेपालीसहित थुप्रै विदेशी पछिल्लो आक्रमणमा मारिएका छन् । हमास समूहले आफ्नो क्षेत्रबाट रकेटहरु सयौँको संख्यामा प्रहार गरिरहेको छ भने बन्धुकधारीहरु पनि इजरायली शहरहरुमा प्रवेश गरेका छन् ।बीबीसीका अनुसार पछिल्लो आक्रमण सुरु भएयता गाजाबाट ४५ सयभन्दा बढी रकेटहरु इजरायलमा प्रहार भएका छन् । ती मध्ये धेरै रकेट गन्तव्यसम्म पुग्न नपाई आकाशमै डिस्पोज भए । विद्रोहीले प्रहार गरेका रकेटहरु आकाशमै डिस्पोज गर्न इजरायलले आइरन डोम डिफेन्स सिस्टम बनाएको छ ।बीबीसीका अनुसार हाजबोल्लाहसँगको युद्धपछि इजरायलले सन् २००६ मा आइरन डोम बनाएको हो । सन् २०११ को अप्रिल ७ तारिखमा आइरन डोमले पहिलोपटक विद्रोहीले प्रहार गरेको रकेट आकाशमा डिस्पोज गरेको थियो । 

यो सिस्टममा विद्रोहीले आफ्नो क्षेत्रमा रकेट प्रहार गर्ने वित्तीकै चाल पाउने र त्यसको बाटो पहिल्याउने सिस्टम विकाश गरिएको हुन्छ । रकेट आक्रमण गर्न खोजिएको क्षेत्र पहिचान हुन्छ र त्यसरी आएको रकेटलाई डिस्पोज गर्न जवाफी क्षेप्यास्त्र प्रहार हुन्छ ।

आइरन डोम सिस्टमले ४ किलोमिटरदेखि ७० किलोमिटरसम्मबाट प्रहार भएका रकेटहरुलाई आकाशमै डिस्पोज गर्ने र क्षति हुनबाट रोक्ने सामर्थ्य राख्छ ।

`
12 comments
आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..

काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..

11 घन्टा पहिले

प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत

काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..

11 घन्टा पहिले

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

1 दिन पहिले

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..

1 दिन पहिले

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

2 दिन पहिले