Janakpurdham
Tue, Sep 01, 2026
`

बाराका प्रिन्सिपल हत्या परस्त्री सम्बन्धका कारण भएको प्रहरीको आशंका

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,कार्तिक १४ गते । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्या प्रकरणमा परस्त्रीसँगको सम्बन्ध रहेको आशंका गरिएको छ।लामो सयमदेखि एक महिलासँग सम्पर्क र सम्बन्ध रहेको र त्यो सम्बन्ध तोड्न नमानेपछि हत्या भएको हुनसक्ने आशंका गरेको हो।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सर्राफ हाल पक्राउ परेकी पूर्व शिक्षिकासँग लामो समय प्रेम सम्बन्धमा रहेको र उनीसँग अर्को एक पुरुष पनि प्रेम सम्बन्धमा रहेकाले दुवैको कुरा नमिल्दा हत्या भएको आशंकाबाट अनुसन्धान शुरु गरिएको छ। हत्या गरिएका सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन्।‘ केहीको बयान अनुसार सर्राफ लामो समयदेखि एक महिलासँग गहिरो प्रेम सम्बन्धमा रहेको आशंका छ यही विवाद सुरु भएपछि सर्राफको हत्या योजना बनेको देखिन्छ’, एसपी काफ्लेले भने।हत्या अभियोगमा सोही स्कुलमा अध्यापन गराउने एक पूर्व शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनाको तीन घटना नबित्दै बारा प्रहरीले पूर्व शिक्षिकालाई कलैया बजारबाट पक्राउ गरेको थियो।पक्राउ परेकी ती महिला पहिला सोही स्कुलमा पढाउने गरेकी र सरार्फसँग नजिकको सम्बन्ध रहेको प्रहरी स्रोतले बताएको छ। बाल एकता बोर्डिङ स्कुलबाट सरार्फ खाजा किन्न कलैया बजारमा रहेको अन्पुर्ण भेजिटेरियल होटलबाट गएका र होटलबाट फर्कँदै गर्दा उनीमाथि दुई वटा मोटरसाइकलमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार चार जनाको समूहले गोली प्रहार गरी हत्या गरिएको थियो।साभार : डिसी नेपाल

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

8 घन्टा पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

8 घन्टा पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

1 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

1 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले