शिक्षामा लैँगिक समानतालाई थप ध्यान दिने शिक्षकहरुको प्रतिबद्धता
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, कार्तिक २४ गते । धनुषा जिल्लाको दुई वटा पालिकाका सामुदायिक शिक्षकहरुले कक्षाकोठामा अध्यापनको क्रममा लैँगिक समानतालाई थप ध्यानमा राखेर शिक्षण सिकाईको प्रक्रियालाई अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । जिल्लाको बिदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाका २४ जना शिक्षक तथा प्रधानाध्यापकलाई आसमान नेपालको आयोजनामा शिक्षा परियोजना अन्तरगत बाल संरक्षण तथा शिक्षामा लैँगिक समानता र लैँगिक रुपान्तरणका लागि विधि तथा प्रारम्भिक लैँगिक सामाजिकीकरण सम्बन्धी चार दिने शिक्षक तालिमको समापनमा उहाँहरुले यस्तो प्रतिबद्धता जाहेर गर्नुभएको छ । प्लान इन्टरनेसनलको सहयोगमा संचालित सो शिक्षा परियोजना अन्तरगत कार्तिक २१ गते देखि २४ गते देखि संचालन भएको सो तालिममा सहभागी शिक्षकहरुले विशेष सिकाई, व्यवहार परिवर्तन, सुधार गर्नुपर्ने पक्षहरुका बारेमा सिकेका कुरा सहभागीहरुले जानकारी दिनुभएको थियो । सहभागी शिक्षिका अनिता यादवको अध्यक्षतामा भएको सो तालिमको समापन सत्रमा बोल्दै बिदेह नगरपालिकाका शिहक्षा संयोजक संतोष यादवले तालिममा सिकेका कुरालाई कक्षा कोठामा लागु गर्न सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै जनकनन्दिनी गाउँपालिकाका शिक्षा संयोजक रिऋिकेश यादवले विद्यालयमा हुने व्यवस्थापनलाई प्रधानाध्यापकहरुले ध्यान दिनुपर्ने बताउनु भयो । सहभागी शंकर मावि बनरझुल्लाका शिक्षक रामलच्छो पासमानले उक्त तालिमबाट आफुहरुमा पुर्नताजगी प्रदान भएको बताउदै आफुहरुमा रहेको अन्तरनिहित शक्ति उजागरण भएको बताउनु भयो । तालिममा आफुले सिकेका शिक्षण विधि कक्षा कोठामा लागु गर्ने बताउनु भयो । मावि खजुरी महुवाका शिक्षक योगेन्द्र ठाकुरले तालिम पछि अब आफ्ुएक महिनाको लेसन प्लान बनाएर कक्षा कोठामा जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्का सहभागी मावि ठाढीका शिक्षिका सर्मिला कुमारी यादवले यस्तो तालिम मावि तहका विद्यार्थी तथा उनका अभिभावकहरुलाई समेत दिनुपर्ने तर्क दिनुभयो । उहाँहरुलाई प्रशिक्षक अच्युत दाहालले प्रशिक्षण दिनुभएको थियो । शिक्षा परियोजनाका कार्यक्रम संयोजक अशोक कुमार कामतीले लैँगिक समानतालाई परिवार र समाजमा कसरी कायम राख्ने विषयमा विद्यालय स्तरबाट नै प्रयोगमा ल्याउने परियोजनाको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
5 घन्टा पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
5 घन्टा पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
1 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
1 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
2 दिन पहिले