Janakpurdham
Mon, Aug 31, 2026
`

विश्वकपको सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

नयाँ दिल्ली,कार्तिक २९ गते । घरेलु मैदानमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनलमा भारतले बुधबार न्युजिल्यान्डको सामना गर्दै छ।वांखेडेमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा भारतीय टोली बलियो आत्मविश्वासमा देखिएको छ।लिग चरणमा भारतले सबै ९ खेल जितेको थियो। न्युजिल्यान्डको सेमिफाइनल यात्रा भने अन्तिम खेलपछि मात्र तय भएको थियो। न्युजिल्यान्डले ९ खेलमध्ये ५ वटामा जित हात पारेको थियो।भारतका विराट कोहलीले जारी प्रतियोगितामा २ शतक र ५ अर्धशतकसहित ५ सय ९४ रन बनाएका छन्। उनी सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन्। एक शतक र ३ अर्धशतकसहित ५ सय ३ रन जोडेर रोहित शर्मा चौथो स्थानमा छन्। न्युजिल्यान्डका रचिन रविन्द्र ३ शतक र २ अर्धशतकसहित तेस्रो स्थानमा छन्।बलिङतर्फ भारतमा जसप्रित बुमराहले १७ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा पाचौँ स्थानमा छन्।न्युजिल्यान्डका मिचेल सान्टनर पनि १६ विकेटसहित नवौँ स्थानमा छन्। न्युजिल्यान्डले अहिलेसम्म विश्वकप जित्न सकेको छैन। गत संस्करणमा फाइनलसम्म पुगेपनि इङ्ल्यान्डसँग पराजित भएको थियो। भारतले सन् २०११ मा अन्तिमपटक यो प्रतियोगिता जितेको थियो। साभार : नेपाल प्रेस

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

4 घन्टा पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

4 घन्टा पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

1 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

1 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले