Janakpurdham
Thu, Apr 23, 2026
`

श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
पौष १०, तामाकोशी ।
श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न गरेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे भँगेरीमा रहेको सहकारीले १६ औ बार्षिक साधारण सभा वडा नम्वर ५ सहरेका वडा अध्यक्ष राजकुमार रोकाहाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।
श्री गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष सञ्जय खड्काको विषेश आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष मिन बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो । संस्थाका संचालक समिति सदस्य पार्वती घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन व्यवस्थापक रामकाजी खड्काले, ऋण उपसमितिको प्रतिवेदन संयोजक कुमुद राज योगीले, सचिवको प्रतिवेदन सचिव डोलबहादुर बस्नेतले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक रामकृष्ण योगीले प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको कुल पुँजी ५ करोड ६० लाख ३३ हजार ४ सय ९८ रहेको छ । संस्थाले आर्थिक बर्ष २०७७-७८ मा सम्पुर्ण कारोबार समावेस पछिको खुद मनाफा ३ लाख ७० हजार ७ सय ६५ रुपयाँ ७३ पैसा कमाएको छ ।
संस्थाको १६ औं बार्षिक साधारण सभाको अवसरमा शंकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्रप्रसाद चौलागाई, तामाकोशी गाउँपालिका सहकारी समुन्वय समिति सदस्य कुवेर प्रसाद पोखरेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानिय बाल प्रतिभाले आफ्नो प्रतिभा प्रस्तुत गरि कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाएका थिए ।  कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सरकारी कर्मचारी, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।

`
12 comments
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..

जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..

19 घन्टा पहिले

विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..

20 घन्टा पहिले

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

2 दिन पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

2 दिन पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

3 दिन पहिले