
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ प्रदान गर्न सम्झौता, सात लाख रुपैयाँको अक्षय कोष स्थापना
27 दिन पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,असार ३ गते । ‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालबीच सम्झौता भएको छ ।
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी मङ्गलवार नाफिज र अग्रवालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नाफिजकी अध्यक्ष मेनुका कार्की र परिसंघका अध्यक्ष अग्रवालले हस्ताक्षर गरेका छन् ।
गत २९ मंसिरमा सम्पन्न नाफिजको १५औँ वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले आफ्नो स्वर्गीय पिता श्रवणकुमार अग्रवालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
गत साउनमा निधन भएका श्रवणकुमार आरएमसी ग्रुपका संस्थापक हुन् ।
मारवाडी सेवा समितिका पूर्वअध्यक्षसमेत रहेका श्रवणकुमार संविधानसभा सदस्यसमेत थिए । उनको स्मृतिमा छोरा राजेशकुमार अग्रवालले अक्षयकोष स्थापना गर्ने घोषणा गरेपछि थप आवश्यक प्रक्रिया पूरा गरेर मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको नाफिजले जनाएको छ ।

फेलोसिप दिने गरी नाफिजमा स्थापना भएको यो नै पहिलो अक्षयकोष हो । समझदारीअनुसार अध्यक्ष अग्रवालले व्यक्तिगत रूपमा अक्षयकोषमा सात लाख रुपैयाँ जम्मा गर्नेछन् । नाफिजले त्यस अक्षय कोषबाट वार्षिक रूपमा एक जना आर्थिक पत्रकारलाई ५० हजार रुपैयाँ बराबरको फेलोसिप प्रदान गर्नेछ ।
खोजमूलक आर्थिक समाचार लेखनका लागि फेलोसिप प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ । फेलोसिप प्राप्त गर्ने पत्रकारलाई नाफिजले मेन्टर पनि उपलब्ध गराउनेछ ।
नाफिजका अनुसार उक्त फेलोसिप प्रदान गर्न तीन जनाको छनोट समिति गठन गरिनेछ । सोही समितिले फेलोसिप प्रदानका लागि थप काम अघि बढाउनेछ । अब आवश्यक प्रक्रिया पूरा गरेर आर्थिक वर्ष २०८२÷८३ देखि फेलोसिप कार्यान्वयनमा लैजाने नाफिजकी अध्यक्ष कार्कीले बताइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यो कदमले आर्थिक पत्रकारहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।
साभार : नेपाल प्रेस

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
22 घन्टा पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
22 घन्टा पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
2 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
2 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
3 दिन पहिले