‘अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँ उभिनुपर्छ’
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, मंसिर १५ : रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजेन) को २७औँ बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भीर रहेको भन्दै अर्थतन्त्रको स्थायित्वको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘सरकार र निजी क्षेत्र लगायतका संस्थाहरु एकै ठाउँमा उभिएर अर्थतन्त्रको स्थायित्वका लागि रचनात्मक संवाद र सहकार्य समानात्मक ढंगले अघि बढ्नु आवश्यक छ। अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भप्र छ। सुधार प्रयासहरु भइरहेको छ।’मन्त्री खड्काले बढ्दो आयात र घट्दो निर्यातको कारण अर्थतन्त्रद बावमा परिरहेको टिप्पणी गरे। विषम् परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सबैले प्रयास कायम राख्नुपर्नेमा उनले जोड दिए।उनले भने, ‘यो विषम् परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सम्पूर्ण प्रयासलाई कायम राख्नु आवश्यक छ। बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र दबावमा परिरहेको छ।’ उनले पत्रकारिता बिना लोकतन्त्रको विकास अपूर्ण रहने पनि बताए।साभार : काठमाडौं प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
10 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
10 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले