Janakpurdham
Mon, Aug 31, 2026
`

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, मंसिर १८ : नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन्।कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए।साभार : काठमाडौं प्रेस

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

60 मिनट पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

1 घन्टा पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

1 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

1 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले