आजदेखि पशुपतिनाथ क्षेत्रभित्र मासु मदिरा र नशालु पदार्थ निषेध
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,मंसिर २१ गते । पशुपतिनाथ मन्दिर क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थ बेचविखन तथा सेवन गर्न निषेध गरेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै आजदेखि २७ गतेसम्म पशुपति क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थ बेचविखन तथा सेवन गर्न निषेध गरेको हो ।जिल्ला प्रशासन कार्यालयले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क ( उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा यस्ता गतिविधी गर्न पूर्ण रुपमा रोक लगाएको छ।बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)२०८० लाई मध्यनजर रा पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले देहाएका चार किल्ला भित्र कसैले पनि सांस, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ं) बमोजिम आगामी मंसिर २१ गतेदेखि नै लागु हुने गरी पूर्ण रुपमा रोक लगाइएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारीजितेन्द्र बस्नेतले बताए ।साभार : नेपाल प्रेस

नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
13 मिनट पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
15 मिनट पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
24 घन्टा पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
24 घन्टा पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
2 दिन पहिले