महन्थसँग बढ्यो राजेन्द्र महतोको दूरी, केन्द्रीय समितिको बैठक बहिष्कार
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,मंसिर २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको सम्बन्धमा दरार आएको छ । गत असोजमा पदाधिकारीसहित समिति विस्तारपछि ठाकुर र महतोको सम्बन्ध बिग्रिएको हो ।केन्द्रीय समिति विस्तारपछि पहिलो पटक आज बैठक बस्दैछ । तर, आजको बैठक नेता महतोले बहिष्कार गर्ने भएका छन् ।लोसपाको एक नेताले नेपाल प्रेससँग भने, ‘उहाँले केन्द्रीय समिति विस्तारको समयदेखि नै असन्तुष्टि राख्दै आउनुभएको थियो । आजको बैठकमा उहाँ नआउने भन्ने सुनेका छौं ।’आजको बैठकमा नआएपछि महतोको कदमबारे अध्यक्ष ठाकुरले छलफल गर्ने बताए ।ती नेताले भने, ‘अहिलेसम्म उहाँहरुको यो समस्या समाधानमा छलफल भएको छैन। अब यो बैठकपछि अध्यक्षले् उहाँसँग करा गर्नुहोला ।’लोसपामा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति छन् । केन्द्रीय समितिमा एकजना अध्यक्षसहित तीनजना वरिष्ठ नेता, एकजना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सह कोषाध्यक्ष एक जना रहेका छन् ।’यो कमिटी विस्तारपछि आज पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको नेता केशव झाले बताए । अब केही समयमा अनुपम फुडल्याण्डमा बैठक सुरू हुनेछ ।बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समिति विस्तारलगायतको विषयमा छलफल हुने जनाइएको छ ।यस्तै, संगठन निर्माण, भ्रातृ संगठन विस्तारलगायतको विषयमा पनि छलफल हुने तय भएको छ । जसपाबाट अगल भएपछि गठन भएको लोसपाले पछिल्लो समय प्रभाव जमाउन सकेको छैन ।साभार : नेपाल प्रेस

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
9 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
9 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले