Janakpurdham
Mon, Aug 31, 2026
`

विवाहपञ्चमीमा सुरक्षाका लागि सिसिटिभी र ड्रोनद्वारा निगरानी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

महेन्द्रनगर (धनुषा), मङ्सिर २९ गते ।  विवाहपञ्चमी अवसरमा हुने कार्यव्रmममा सुरक्षा व्यवस्था सुदृढ बनाउन सिसिटिभी र ड्रोन क्यामराद्वारा सहरका विभिन्न क्षेत्रमा निगरानी गरिने भएको छ । धनुषाका जिल्ला प्रहरी प्रमुख मित्रबन्धु शर्माले विगतका वर्षमा भइरहेको घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडा पारिएको दाबी गर्नुभयो । विवाहपञ्चमीमा अत्यधिक सङ्ख्यामा भक्तजनको भिड लाग्ने चोरी र पाकेटमारीका घटना बढ्ने सम्भावना रहेकाले जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्म सिसिटिभी, बाह्रबिघा मैदानमा ड्रोनका साथसाथै जानकी मन्दिरको प्राङ्गणमा पनि सिसी क्यामरा र ड्रोनको निगरानी रहने प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । चोरी, पाकेटमारी, महिलासँग हुने दुव्र्यवहार जस्ता घटना नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा गरिएको शर्माको भनाइ छ । प्रमुख शर्माका अनुसार सादा पोसाकमा महिला र पुरुष प्रहरी अत्यधिक सङ्ख्यामा परिचालन गरिने छ । त्यसै गरी शिवचोक, गङ्गासागर, जनकचोक, जानकीचोक, रमाचोक, जानकी मन्दिर, सोन्नरपट्टी, महावीरचोक, रामानन्दचोक, अस्पताल रोड, यात्री निवास, सङ्कटमोचनलगायतका क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीको तर्फबाट ठाउँ ठाउँमा हेल्प डेस्कसमेत राखिएको छ । साभार : गोरखापत्र

`
12 comments
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

22 घन्टा पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

22 घन्टा पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

2 दिन पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

3 दिन पहिले