राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्छ : कोइराला
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
विराटनगर,पुष ५ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्ने बताए । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस नरहने उनको तर्क छ ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रियसभा निर्वाचनको तयारीका लागि काँग्रेसको महासमिति बैठक सार्नुपरेको बताए ।अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी थियो ।डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन आवश्यक रहेकाले सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने जिकिर गरे ।जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको डा कोइरालाको भनाइ थियो ।प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनले बताए । ‘बहुदलीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी हुन्छन् ।
मन्त्रीहरूले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ छैन,’ उनले थपे, ‘एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभयो म जस्तै नेपाली जनता चाहेका छन् । उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।”साभार : नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
8 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
8 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले