Janakpurdham
Fri, Aug 07, 2026
`

प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने महामन्त्री शर्माकाे चेतावनी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं, पुस ७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। सबै प्रदेशका सम्मेलनमा कानून अभावको गुनासो सुनिएको भन्दै उनले कांग्रेस महासमिति बैठकसम्म पनि प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।‘आज प्रधनमन्त्रीजीलाई म यहीँबाट, नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदै गर्दा प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्न प्रदेशका साथीहरुसँगै उपस्थित हुनेछौं,’ उनले भने । कांग्रेसको महासमिति बैठक यही पुसको १६ देखि १९ गतेसम्मका लागि तोकिएको छ।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाए मात्रै संघीयता बलियो हुने धारणा राखे। प्रदेशलाई अधिकार सम्पन्न बनाउनु असम्भव काम नभएको आशय व्यक्त गर्दै उनले भने, ‘अन्तरिक्ष यान बनाएर ल्याएर हाम्रो हातमा देऊ भनेको होइन, अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो, कानुन मागेको हो, अधिकार मागेको हो, त्यो दिन सकिन्छ कि सकिँदैन? दिन नसकिने हो भने कारण के छ?’निजामती सेवा, लोकसेवा आयोग, पहरी र केही आर्थिक अधिकारसँग सम्बन्धित कानुन नहुँदा प्रदेशलाई अप्ठेरो परेको भन्दै शर्माले कांग्रेसको महासमिति बैठकसम्म ती कानुन नबने प्रदेशका नेताहरुसँगै आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका हुन्।साभार : काठमाडौं प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

7 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

7 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले