Janakpurdham
Fri, Aug 07, 2026
`

समाजवादी मोर्चाले प्रमुख शहरहरूमा सन्देश सभा गर्ने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस ११ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित चार कम्युनिष्ट पार्टीहरू सम्मिलित समाजवादी मोर्चाले देशका प्रमुख शहरहरूमा सन्देश सभा गर्ने भएको छ।बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटीहरू गठन गर्ने र प्रमुख शहरहरूमा सन्देश सभा गर्ने निर्णय गरेको हो। कुन शहरमा कहिले कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन।प्रमुख शहरहरूमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितका सवालहरूका विषयमा सन्देश दिने गरी सन्देश सभा गर्ने विषयमा छलफल भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बताए।‘मोर्चाले अहिलेसम्म गरिरहेका कार्यक्रमहरूको विषयमा समीक्षा भयो। वर्तमान राजनीतिक परिस्थितिका विषयमा समेत कुराकानी भयो,’ उनले भने, ‘हाम्रो राजनीतिक आन्दोलनको उपलब्धिकारुपमा रहेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगायतका विरुद्धमा अहिले चारैतिरबाट आक्रमण भइरहेको अवस्था छ । यसलाई सरकारले केही हदसम्म तोडेको पनि छ। मोर्चाकातर्फबाट हामीले देशका प्रमुख शहरहरूमा सन्देश दिने गरी कार्यक्रमहरू गर्ने निर्णय गरेका छौं।’उनले त्यसबारे बुधबारै बेलुका बस्ने बैठकले थप छलफलपछि निर्णय गर्ने बताए। उनले सरकारले गरिरहेका राम्रा काम र प्रयासहरूका विषयमा जनतालाई सन्देश पनि पु¥याउन सन्देश सभा गर्न लागिएको बताए।बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम विप्लव लगायत शीर्ष नेताहरू सहभागी थिए।अर्को बैठक बुधबार साँझ ६ बजे बस्ने नेताहरूले जनाएका छन्।साभार : काठमाडौं प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

7 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

7 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले