Janakpurdham
Mon, Aug 31, 2026
`

अंग्रेजी नयाँ वर्ष २०२४ आजदेखि सुरु, विश्वले यसरी गर्‍यो स्वागत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं पुष १६ गते । अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजदेखि सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।नेपालमा पनि मध्यराति नयाँ वर्षलाई स्वागत गरियो । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को विदाई र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ।सबैभन्दा पहिला नयाँ वर्षको स्वागत किरिबातीमा गरियो । यो मध्य प्रशान्त महासागरमा अवस्थित द्वीप देश हो । यसपछि भव्यताका साथ न्युजिल्यान्डमा नयाँ वर्ष मनाइएको छ । अकल्यान्डको स्काई टावरमा आतिशबाजी गर्दै नयाँ वर्षलाई स्वागत गरिएको थियो । अकल्यान्डमा हजारौँ मानिसहरु नयाँ वर्षको स्वागतका लागि स्काई टावर नजिक भेला भएका थिए । 

यसपछि अस्ट्रेलिया, जापान, कोरिया, चीनमा पनि भव्य रुपमा नयाँ वर्ष २०२४ लाई स्वागत गरियो । यस्तै भारत र नेपालमा पनि आइतबार मध्यराति अंग्रेजी नयाँ वर्षको स्वागत गरियो ।अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको भव्यताका साथ स्वागत गरियो । यसक्रममा करिब साढे ८ टन आतिशबाजी गरिएको थियो । हार्बर ब्रिज तथा ओपेरा हाउसको आकाश रोमाञ्चक र आकर्षक बनेको थियो । उक्त आतिशबाजीका लागि १५ महिना अगाडिदेखि तयारी गरिएको थियो । यहाँ करिब १२ मिनेटसम्म लगातार आतिशबाजी भएको थियो । सिड्नीका साथै क्याबेरा तथा मेलबर्नमासमेत नयाँ वर्षको स्वागत गर्दै उत्सव मनाइएको थियो ।

 

जापानमा रातिको १२ बजे देशभरका बौद्ध गुम्बाहरुमा घण्टी बजाइएको थियो । हरेक गुम्बामा १०८ पटक घण्टी बजाइएको थियो । दक्षिण कोरियाको राजधानी सोल र उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गमा हजारौँ मानिस भेला भएर नयाँ वर्षको स्वागत गरेका थिए । एसियाली मुलुकले सबैभन्दा पहिला नयाँ वर्षलाई स्वागत गरेका हुन् भने त्यसपछि मध्य पूर्व एसिया र युरोपियन मुलुकहरुले पनि नयाँ वर्ष स्वागत गरेका छन् । लन्डन र फ्रान्समा भव्य आतिशबाजीका साथ नयाँ वर्ष उत्सव मनाइएको छ ।येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउन थालिएको मान्यता छ ।

रोमन भाषाको जेनस शब्दबाट नयाँ वर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । नेपालमा पनि केही वर्षदेखि इस्वी संवतमा शुभकामना आदानप्रदान गर्दै मनाउने चलन बढ्दै गएको छ । विशेष गरी विदेशी पर्यटकको भिडभाड हुने राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइएको छ ।

 

साभार : कान्तिपुर

`
12 comments
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

20 घन्टा पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

20 घन्टा पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

2 दिन पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

3 दिन पहिले