
अंग्रेजी नयाँ वर्ष २०२४ आजदेखि सुरु, विश्वले यसरी गर्यो स्वागत
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं पुष १६ गते । अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजदेखि सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।नेपालमा पनि मध्यराति नयाँ वर्षलाई स्वागत गरियो । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को विदाई र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ।सबैभन्दा पहिला नयाँ वर्षको स्वागत किरिबातीमा गरियो । यो मध्य प्रशान्त महासागरमा अवस्थित द्वीप देश हो । यसपछि भव्यताका साथ न्युजिल्यान्डमा नयाँ वर्ष मनाइएको छ । अकल्यान्डको स्काई टावरमा आतिशबाजी गर्दै नयाँ वर्षलाई स्वागत गरिएको थियो । अकल्यान्डमा हजारौँ मानिसहरु नयाँ वर्षको स्वागतका लागि स्काई टावर नजिक भेला भएका थिए ।

यसपछि अस्ट्रेलिया, जापान, कोरिया, चीनमा पनि भव्य रुपमा नयाँ वर्ष २०२४ लाई स्वागत गरियो । यस्तै भारत र नेपालमा पनि आइतबार मध्यराति अंग्रेजी नयाँ वर्षको स्वागत गरियो ।अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको भव्यताका साथ स्वागत गरियो । यसक्रममा करिब साढे ८ टन आतिशबाजी गरिएको थियो । हार्बर ब्रिज तथा ओपेरा हाउसको आकाश रोमाञ्चक र आकर्षक बनेको थियो । उक्त आतिशबाजीका लागि १५ महिना अगाडिदेखि तयारी गरिएको थियो । यहाँ करिब १२ मिनेटसम्म लगातार आतिशबाजी भएको थियो । सिड्नीका साथै क्याबेरा तथा मेलबर्नमासमेत नयाँ वर्षको स्वागत गर्दै उत्सव मनाइएको थियो ।

जापानमा रातिको १२ बजे देशभरका बौद्ध गुम्बाहरुमा घण्टी बजाइएको थियो । हरेक गुम्बामा १०८ पटक घण्टी बजाइएको थियो । दक्षिण कोरियाको राजधानी सोल र उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गमा हजारौँ मानिस भेला भएर नयाँ वर्षको स्वागत गरेका थिए । एसियाली मुलुकले सबैभन्दा पहिला नयाँ वर्षलाई स्वागत गरेका हुन् भने त्यसपछि मध्य पूर्व एसिया र युरोपियन मुलुकहरुले पनि नयाँ वर्ष स्वागत गरेका छन् । लन्डन र फ्रान्समा भव्य आतिशबाजीका साथ नयाँ वर्ष उत्सव मनाइएको छ ।येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउन थालिएको मान्यता छ ।
रोमन भाषाको जेनस शब्दबाट नयाँ वर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । नेपालमा पनि केही वर्षदेखि इस्वी संवतमा शुभकामना आदानप्रदान गर्दै मनाउने चलन बढ्दै गएको छ । विशेष गरी विदेशी पर्यटकको भिडभाड हुने राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइएको छ ।

















जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
7 घन्टा पहिले
कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..
काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..
7 घन्टा पहिले
प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा
काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..
1 दिन पहिले
लक्ष्मी पूजामा झिलिमिली काठमाडौं
काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ। तिहारमा झिल..
1 दिन पहिले
कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..
2 दिन पहिले