Janakpurdham
Thu, Aug 06, 2026
`

राष्ट्रिय सभामा एमालेलाई सिट छुट्याउन कांग्रेस-माओवादी सकारात्मक, साँझ गठबन्धन बैठक बस्दै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस १८ : सत्तारुढ गठबन्धनका दुई ठूला दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि केही सिट छुट्याउन साकारात्मक देखिएका छन्।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताबीचको बैठकमा दुवै दलमा त्यसमा सकारात्मक देखिएका छन्।यसविषयमा गठबन्धनमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुग्ने सहमति पनि दुई दलको बैठकमा भएको छ।सत्ता गठबन्धनले एमालेलालाई सिट नछुट्याए १९ सदस्यका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले निल हुने अवस्था आउँछ। यस्तो अवस्थामा ५९ सदस्यीय राष्ट्रिय सभामा एमाले ९ सदस्यमा खुम्चिन्छ ।राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटका विषयमा छलफल गर्न साँझ ३ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए। बैठक साँझ ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।यस्तै, एमालेलाई पनि सिट छुट्याउने विषयमा गठबन्धन दलले एमालेसँग साँझ ५ बजे छलफल गर्ने बताइएको छ।निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका हुने माघ ११ गते निर्वाचन मिति तोकेको छ। त्यसका लागि उम्मेदवारी दर्ताको समय पुस २३ गतेका लागि तोकिएको छ।साभार : काठमाडौं प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

6 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

6 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले