प्रदेश स्तरीय दलित तथा आदिवासी जनजाति गैर सरकारी संस्था हरुको क्षमता अभवृद्धि तालिम सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुष २० गते ।जनकपुरमा प्रदेश स्तरीय दलित तथा आदिवासी जनजाति गैर सरकारी संस्था हरुको क्षमता अभवृद्धि तालिम सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता संजिव यादवको प्रमुख आतिथ्यमा शुक्रवार भएको सो कार्यक्रममा सहभागीहरुले नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि दलित नागरिक समाजको भूमिका अपरिहार्य रहेको बताए । दलित अधिकार सुनिश्चित गर्न नागरिक समाजका ेभूमिका र जिम्मेवारीलाई थप मजबुत बनाउने मूल उद्देश्यका साथ लिडर सीप एकेडमी नेपालले दलित गैरसरकारी संस्थाको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको बताए । लिडर सीप एकेडमी नेपालका अध्यक्ष प्रभाकर प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा सबै किसिमको आर्थिक एवं सामाजिक असमानता हटाई दलित समुदायको आर्थिक सबलीकरण गर्न उनीहरुको परम्परागत पेसा, कला, सीप, व्यवसायको प्रोत्साहन र प्रवद्र्धनमा राज्यले नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिईएको छ । विशेषतः दलितको सीपको प्रयोग गरी उत्पादन बढाउन राज्यले विशेष कार्यक्रम ल्याउनमा जोड थियो । दलितले पुस्तौँदेखि बजाउँदै आएको बाजा वा कलालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन राज्यले भूमिका खेल्न सक्छ । जबसम्म दलित लगायत उत्पीडित समुदाय आर्थिक रुपमा सबल हुँदैनन , तबसम्म देशको समृद्धि भएको मान्न नसकिनेमा वतmाहरुको जोड थियो ।
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
6 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
6 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले