देउवाका लागि मधेस भनेकै आनन्द ढुंगाना र रमेश रिजाल मात्र
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,पुष २४ गते । कुनै समय तराई मधेस नेपाली कांग्रेसको भोट बैंक मानिन्थ्यो ।अन्य जिल्लामा कांग्रेसले नजित्दा पनि तराई मधेसबाट शानदार प्रतिनिधित्व हुने गथ्र्यो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालाको पालासम्म पनि कांग्रेसले तराई मधेसलाई निकै प्राथमिकता दिने गरेको थियो ।तर १३ र १४औं महाधिवेशनपछि भने कांग्रेसले तराई मधेसलाई कम प्राथमिकता दिने गरेको छ । शेरबहादुर देउवा सभापति भएर आएपछि तराई मधेसलाई हेर्ने कांग्रेसको नजरमा फरक आएको छ ।केही गुटका नेतालाई च्याप्ने र उनीहरूलाई पटकपटक अवसर दिनेबाहेक देउवाले संगठन विस्तारमा समेत वास्ता गर्न छाडेका छन् । तराई मधेसमा कांग्रेसका विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, कृष्ण यादवलगायतका चर्चित नेताहरू छन् ।पछिल्लो समय निधिसँग देउवाको सम्बन्ध बिग्रियो । त्यसपछि उनले मधेसमा नेता भनेकै आनन्दप्रसाद ढुंगाना र रमेश रिजालबाहेक अरुलाई महत्व दिनै छाडेका छन् ।महाधिवेशनमा मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना, मधेस प्रदेशबाट मन्त्री पनि रमेश रिजाल, राष्ट्रिय सभा मा पनि आनन्द ढुंगाना, यसबाट मधेस प्रदेशमा अरु मधेसी नेता छैनन् भन्ने आमकांग्रेसीमा पर्न गएको छ ।महाधिवेशन, मन्त्री बनाउँदा र अहिले राष्ट्रिय सभाको निर्वाचनमा पनि देउवाले मधेसी नेता कार्यकर्तालाई उपेक्षा गरेका छन् । गत वर्षको निर्वाचनमा पनि कांग्रेस मधेस प्रदेशमा ठूलो दल बन्न पुगेको थियो ।स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेसले धेरै जनप्रतिनिधि पाएको छ । तर त्यही मधेस अहिले देउवाको नजरमा उपेक्षामा परेको छ ।साभार : मिडिया डबली

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
6 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
6 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले