धनुषामा पुन: देखियाे नेता निधिकाे क्रेज
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, पुष २७ गते । अत्यिक चिसाे तथा शीतलहर भएपनि सहिद पाठककाे पुण्य तिथिका अवसरमा उलेख्य जनसहभागिताले नेपाली कांग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिका क्रेज धनुषामा पुन: यथावत देखियाे ।बिहिवार आयाेजित समृति सभामा पुर्व उपप्रधान तथा गृह मन्त्री नीधिले शालिकमा माल्यार्पण गर्दै प्रमुख अतिथिका आसनवाट मन्तव्य प्रकट गरेका थिए ।प्रतिनिधि सभा सदस्य समेत रहेका नेता निधिले संविधानमा भएका अधिकार प्रदेश र स्थानीय तहलाई दिन ढिलाई गरेमा आन्दाेलनका चेतावनी दिए ।उनले प्रदेस र स्थानिय तहमा संघियतालाई अधिकार सम्पन्न बनाउन आफ्ना प्रहरी संगठन, कर्मचारी संरचना तथा स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न वा हटाउन अधिकार समेत हुनुपर्नेमा जाेड दिए ।सहिद सत्यनारायण पाठक प्रज्ञा प्रतिष्ठान द्वारा आयाेजित कार्यक्रमका अध्यक्षता सुखचन्द्र मिश्र मालिक भाई तथा स्वागत मन्तब्य महन्त नबल किशाेर सरनले दिएका थिए ।स्मृति सभा कार्यक्रममा केन्द्रीय सदस्य मिनाक्षी झा, जिल्ला सभापति योगेन्द्र पजियार, नेता महेसशंकर गिरि, सहयाेगि गणेश तिबारि, क्षेत्रीय सभापति धिरेन्द्र निधि, केन्द्रीय महासमिति सदस्य किशोरी साह, जिल्ला कार्यसमिति सचिव कन्हैया कर्ण सहितका अतिथिहरूले सहिद पाठक प्रति श्रद्धा सुमन अर्पन गरेका थिए ।
.jpg)
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
5 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
5 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले