Janakpurdham
Thu, Aug 06, 2026
`

मधेश विद्रोहको १७ वर्ष पूरा: प्रथम शहिद रमेश महतोको सम्झनामा ‘बलिदान दिवस’ मनाइँदै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ ५ गते ।  मधेश विद्रोह सुरु भएको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए ।महतो मधेश विद्रोहका प्रथम शहिद हुन् । उनको सम्झनामा मधेश केन्द्रित दल र मधेश सरकार १७ औं बलिदानी दिवस मनाइँदै छ । लहानस्थित शहिद महतोको शालिकमा नेताहरु माल्यार्पण गर्ने छन् ।आमा रानो देवी र बुवा रवि महतो विहानै लहान पुगेर छोरा शहिद रमेशको शालिकमा माल्यार्पण गर्दै श्रद्धाजली अर्पण गरेका छन् । उनीहरु छोराको श्रद्धाजली दिन हरेक वर्ष लहान पुग्छन् ।२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए । उनीहरुलाई पक्राउ गरेपछि मधेशका जिल्लाहरुमा आन्दोलन सुरु भएको थियो । 

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्यनरत सिरहा मझौराका विद्यार्थी १६ वर्षीय महतो पहिलो शहिद भए । त्यसपछि मधेशभर आगोझैं आन्दोलन फैलिएको थियो ।मधेसमा पटक(पटक भएका आन्दोलनमा सयौं मधेसी शहिद भए । सयौं आन्दोलनकारी घाइते भए । कतिपय अशक्त बनेर जसोतसो बाचिरहेका छन् । धेरैले अझै मुद्दा झेल्दैछन् । तर, आन्दोलनमा ज्यानको बलिदानी दिएका शहिदहरूको सपना अझै पूरा हुन सकेको छैन ।मधेश बिद्रोहले नै देशमा संघीयता ल्यायो । सात प्रदेश बन्यो । मधेशको ८ जिल्लालाई तत्काल प्रदेश २ नामाकरण गरियो, जसलाई पहिचानसहितको नाम ‘मधेश प्रदेश’ प्रदेशसभाबाट पारित गरियो ।

मधेश विद्रोहको अगुवाई गरेका उपेन्द्रकै पार्टी प्रदेशको बागडोर सम्हाले । मधेश आन्दोलनकै बलमा मधेशी नेताहरु सत्तामा पुगे । तर शहिद परिवारले न उचित सम्मान पाउन सकेका छन्, न जनताले संघीयताको आभास गर्न पाएका छन् ।मधेश सरकारले बलिदानी दिवसलाई कोठे कार्यक्रममा सिमित गरेको छ । बलिदानी दिवसको अवसरमा यसवर्स प्रदेश सरकार वीरगञ्जको टाउन हलमा गर्न लागेको हो । शहिद परिवारलाई सम्मान र जसपा अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।यस्तै जनमत पार्टीले सिरहाको सन्हैठामा बलिदान दिवस तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । अध्यक्ष डा. सीके राउतले प्रथम शहिद महतोको घर पुगेर उनको परिवारलाई सम्मान गर्ने र कार्यक्रममा सम्बोधन गर्ने बुझिएको छ ।मधेश सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकारको निर्णय कागजमै सीमित

तत्कालिन प्रदेश २ (अहिलेको मधेश प्रदेश) सरकारले मधेस आन्दोलनका शहिद परिवारका एकजनालाई रोजगारी दिने, आन्दोलनका घाइतेलाई उचित उपचारको व्यवस्था मिलाउने, प्रदेशबाट उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधामा शहिद र घाइतेका परिवारलाई सहुलियत दिन परिचय पत्रको व्यवस्था गर्ने पहिलो निर्णय गरेको थियो ।तर सरकारको पहिलो निर्णय अझै कार्यान्वयन भएको छैन । सरकारको पहिलो निर्णय कार्यान्वयनका लागि शहिद परिवारहरुले पटक पटक आन्दोलन पनि गरेका छन् । आन्दोलनपछि केहि शहिद परिवारका सदस्यलाई करारको जागिर बाहेक सरकार केहि गर्न नसकेको अबस्था छ ।साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

5 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

5 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले