Janakpurdham
Thu, Apr 23, 2026
`

खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्य उचालिन थालेपछि आइपीओको ओपनिङ रेन्ज घटाउने तयारी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,माघ ८ गते ।  नेपाल स्टक एक्सचेन्जले आइपीओको पहिलो कारोबारका लागि दिने गरेको ओपनिङ रेन्ज (सुरुवाती मूल्य) घटाउने तयारी गरेको छ ।बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीले पनि आइपिओ जारी गर्ने र ती कम्पनीलाई तीन गुणासम्म ओपनिङ रेन्ज दिँदा केही समय सेयर मूल्य उचालिए पनि लगानीकर्ता जुनसुकै बेला फस्न सक्ने भन्दै ओपनिङ रेन्ज घटाउन नेप्से व्यवस्थापन समूहले सञ्चालक समितिलाई प्रस्ताव पेश गरेको छ ।विशेष गरी खराब वित्तीय अवस्था भएको सोनापुरको सेयर मूल्य उचालिएको विषयलाई लिएर नेप्सेको आलोचना भएपछि ओपनिङ रेन्ज घटाउन नेप्सेलाई दबाब परेको नेप्से स्रोतले बतायो ।ओपनिङ रेन्ज नघटाउने हो भने यस्ता कम्पनीले लगानीकर्ता डुबाउन सक्छन् भन्ने व्यवस्थापनलाई लागेपछि ओपनिङ रेन्ज घटाउने प्रस्ताव बोर्डमा पेश भएको नेप्से स्रोतले बतायो ।

अहिले नेप्सेले नेटवर्थको ३ गुणासम्म ओपनिङ रेन्ज दिँदै आएको छ । अब त्यसलाई घटाएर डेढ गुणादेखि २ गुणासम्म बनाउने गरी प्रस्ताव गरिएको हो ।नेप्से सञ्चालकले भने सेयर बजारमा असर पर्ने हो कि भन्दै पर्याप्त होमवर्क गरेर मात्र अघि बढ्ने जनाएको स्रोतले बताएको छ ।अर्कोतर्फ प्रिमियम मूल्य र बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरेकाको हकमा आइपीओकै मूल्य वा फेस भ्यालुलाई मात्र कारोबार मूल्य दिने गरी छलफल भएको छ ।पछिल्लो समय अंकित मूल्यमा प्रिमियम थप गरेर सेयर जारी गर्ने कम्पनीहरूको होडबाजी नै देखिएको छ । यस्तै बुक बिल्डिङ प्रक्रियाबाट पनि सेयर जारी गर्न कम्पनीहरू अग्रसर देखिएका छन् ।
साभार : नेपाल प्रेस

`
12 comments
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..

जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..

16 घन्टा पहिले

विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..

16 घन्टा पहिले

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

2 दिन पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

2 दिन पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

3 दिन पहिले