Janakpurdham
Thu, Aug 06, 2026
`

मौन अविधमा शेखर कोइराला निवासमा चियापान

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर, माघ १० गते ।  निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् ।कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन् ।शून्य समयको बेला कोइरालाले उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ । 

त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी छन् ।चियापानमा कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भए ।बिहीबार राष्ट्रियसभाको निर्वाचन हुँदै छ । कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ ।साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

5 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

5 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले