तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटमा नेकपा एमालेका उमेदवार बसन्त थापाको प्यानल नै विजयी
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
जेष्ठ १, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटमा नेकपा एमालेका उमेदवार बसन्त थापाको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्षका उमेदवार बसन्त थापाले ७ सय १९ मत प्राप्त गरि विजयी हुनु भएको हो भने प्रतिस्पर्दी उम्मेद्धार नेपाली कांग्रेसका राम्जी खड्काले ४ सय ७७ मत पाउँनु भएको छ । यस्तै अर्का पतिस्पर्दी नेकपा माओवादी केन्द्रका उमेदवार सुरेश उप्रेतीले २ सय ३३ मत प्राप्त गर्नु भएको छ ।
तामाकोशी गाउँपालिकाका नेकपा एमाले अध्यक्षका उमेदवार अभिषेक सुवेदीले वडा नम्बर एक भिरकोटबाट ६ सय ६४ मत प्राप्त गर्नुभएको छ भने एमालेकै उपाध्यक्ष उमेदवार अम्विका पोखरेलले ६ सय ६९ मत प्राप्त गर्नु भएको छ । यस्तै गठबन्धनका अध्यक्षका उमेदवार नेकपा एकीकृत समाजवादीका प्रोण प्रताप के.सी. ले ६ सय ३ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्षका उमेदवार नेपाली कांग्रेसका सृजना सुवेदीले ५ सय १५ मत प्राप्त गर्नु भएको छ ।
गाउँपालिका अध्यक्षका उमेदवार राप्रपाका दिपक कालिकोटेले १३ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षका लागि १२ मत परेको छ । राप्रपा वडा अध्यक्षका लागि १३ मत परेको छ । पुतलीमा पालिका उपाध्यक्षका लागि ८९ मत खसेको छ । यस्तै छाता चिन्ह भएका उमेदवारले अध्यक्ष उपाध्यक्षले ७ मत प्राप्त गर्नु भएको छ ।
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
18 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
18 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
2 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
2 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
3 दिन पहिले