प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना
3 घन्टा पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ ।
आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आउनुभएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो ।
त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो ।
पूजा आराधनापश्चात् प्रधानमन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिनुभएको थियो । पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनकपुरधाममा आफ्नो विशुद्ध धार्मिक यात्रा भएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताउनुभयो । उहाँले जनकपुरधामसहित देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
साभार: रेडियो नेपाल
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 घन्टा पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
3 घन्टा पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
1 दिन पहिले
गगन थापाको राजिनामा पत्रमा के छ ?
काठमाडौं, चैत ५ गते । बदलिएको कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको ..
1 दिन पहिले
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना ..
खोटाङ , चैत्र ४ गते । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर ..
2 दिन पहिले