बाँदर छेक्न वडाको ‘मेरो रुख म काट्छु’ अभियान
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
पोखरा, माघ १६ : पोखरा महानगरपालिका वडा नम्वर– १९ ले बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान शुरु गरेको छ। पोखरा महानगरपालिका– १९ लामाचौर पुरुनचौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको बताउँदै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस्तो अभियान शुरु गरेका हुन्।
बाँदर छेक्न भन्दै बोटविरुवा, वन फडानी गर्न अभियान चलाइएपछि सामाजिक सञ्जालमा चर्चा र टिकाटिप्पणीको बिषय समेत बनेको छ।
गण्डकी सरकारले चालु आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा बाँदर नियन्त्रणसम्बन्धी नीति पास गरेको छ। सोही नीति अनुरुप घर वरपर रहेका रुखहरु कटान गर्दा सरकारको नीतिलाई नै सहयोग पुग्ने दाबी वडाध्यक्ष पाण्डेको छ।
बाँदर रोक्ने अभियानका लागि माघ १५ गतेको मितिमा वडाद्वारा जारी सूचनामा भनिएको छ, ‘सूचना जारी गरेको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडाबासीलाई अनुरोध छ।’ साभार : काठमाडौं प्रेस
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
14 घन्टा पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
14 घन्टा पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
2 दिन पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
2 दिन पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
3 दिन पहिले
-
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा
-
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी