Janakpurdham
Thu, Aug 06, 2026
`

सबै प्रदेशका आफ्नै प्रहरी संगठन हुनुपर्छ : निधि (भिडिओ)

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

रुपन्देही ,माघ १७ गते ।  पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका छन् । उनले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधानमै लेखिएको बताए । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् ।

उनले भने, ‘संविधानमै लेखिएको कुरा लागू तथा कार्यान्वयन गर्ने पहिलो काम सरकारको हो । त्यसपछि राजनीतिक दलको हो । सबै प्रदेश सरकारको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा म गृहमन्त्री हुँदा पनि भनेको हुँ । तर, म लामो समयसम्म जिम्मेवारीमा रहन सकिन । पटकपटक प्रधानमन्त्री, कांग्रेस सभापतिसँग तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यो कुरा राखेको छु ।’

उनले संघीय प्रणालीका लागि प्रदेश भए पनि प्रदेशको आफ्नै प्रहरी र कर्मचारी नरहेको बताए । उनले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरु सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर भनेको जानकारी दिए ।

 

 

पूर्व उपसभापति निधिले क्रान्ति र परिवर्तनको अर्थ रुपान्तरण भएको बताए । उनले सातवटा प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको हातमा प्रहरी छैन भने के को रुपान्तरण भन्दै प्रश्न गरे ।

रुपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा जानुपर्ने उनको भनाइ छ । उनले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिए । तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने उनले बताए ।

नेता निधिले कांग्रेसको अगुवाइमा भएका क्रान्ति र आन्दोलन सफल भएको दावी गर्दै अरु पार्टीले गरेको आन्दोलन सफल हुन नसकेको बताए । उनले भने, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । देशमा जनताको शासन स्थापित हुनुपर्छ भन्ने शहीदको उद्देश्य रहेको थियो ।’

समुदायमा कांग्रेस अभियानमा कांग्रेसका प्रतिनिधि समुदायमा पुगेर छलफल गर्नुपर्ने र त्यहाँ रहेका गुनासो र सल्लाह लिनुपर्ने बताए । उनले भने, ‘समुदायमा पुगेर जनताको समस्या बुझ्नुपर्यो, के काम भयो र के भएन त्यसबारे जानकारी लिनुपर्यो ।’

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र के।सी।ले सत्यलाई बदल्न नसकिने बताए । उनले काम गर्ने शैली फेरिए पनि प्रवृत्ति फेरिएन कि भन्दै प्रश्न उठेको बताए । उनले समुदायमा कांग्रेस अभियान वडा केन्द्रीत भएको बताए । उनले भने, ‘गठबन्धन कति सार्थक छ रु यसबारे अभियानमा गहन छलफल आवश्यक छ ।’

कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले कांग्रेस जनताले विश्वास गरेको शक्तिशाली पार्टी भएको बताए । उनले कांग्रेसले धेरै विकासका काम गरेको दाबी गरे ।

कार्यक्रममा कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले, रुपन्देही क्षेत्र नम्बर ४ का सभापति मुकेश यादव, ३ का सभापति सुशील गुरुङ, महाधिवेशन प्रतिनिधि बालकुमारी घिमिरेलगायतले बोल्दै कांग्रेस जस्तो लोकप्रिय पार्टी अरु नभएको बताए ।साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

3 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

3 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले