Janakpurdham
Thu, Aug 06, 2026
`

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै जनमतले सडक आन्दोलन गर्ने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ २५ : सत्ता साझेदार जनमत पार्टीले प्रत्यक्ष निर्वाचित कार्याकारी राष्ट्रपतिको माग गरेको छ। त्यसका लागि जनमतले सडक आन्दोलन गर्ने बताएको छ। उसले देश विकास आन्दोलन समन्वय समिति गठन गरेर आन्दोलनको पृष्ठभूमि तयार पारेको छ।

जनमतले आन्दोलनका लागि ९ बुँदे माग अघि सारेको छ। जसमा शासकीय स्वरूप परिवर्तनदेखि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिनुपर्नेसम्म छन्।

संसदबाट चुनिने प्रधानमन्त्री प्रणाली हटाएर नागरिकले प्रत्यक्ष मत हालेर कार्यकारी प्रमुख चुन्नुपर्ने जनमतले अघि सारेको मागमा उल्लेख छ। निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसमेत जनताबाट चुनिनुपर्ने माग उनीहरूको छ।

विभागीय मन्त्रीहरू खारेज गरी प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञहरू नियुक्त गरिनुपर्ने जनमतले माग गरेको छ। प्रदेश सरकारहरूमा पनि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने तर कुनै पनि मन्त्रीहरू नरहने व्यवस्था गर्न आन्दोलन गर्न लागिएको जनमतले बताएको छ।

दुई सदनात्मक व्यवस्था अन्त्य गरेर सांसदहरूमाथि कुनै पनि किसिमको ह्वीप नलाग्ने व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ।सांसदलाई कुनै समूह वा पार्टीको दबाबबाट मुक्त राखी जनताको हितमा छिटोछरियो ऐन बनाउने र पारित गर्न सक्ने एक सदनात्मक संसद हुनुपर्ने जनमतले बताएको छ।

यस्तै जनताले समेत प्रत्यक्ष मत जाहेर गरेर ऐन ल्याउन सक्ने व्यवस्था हुनुपर्ने प्रणाली माग गरिएको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

3 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

3 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले