दुई विकास बैंक र ३ फाइनानस कम्पनीका अध्यक्ष तथा सिईओलाई राष्ट्र बैंकको कारबाही
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,फागुन २ गते । नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र ३ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा अध्यक्षलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक र नारायाणी डेभपमेन्ट बैंक छन् ।मुक्तिनाथ डेभलपमेन्ट बैंकले ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको भन्दै सञ्चालक समितिका अध्यक्ष र सिईओलाई सचेत गराएको छ ।
यस्तै स्वतन्त्र सञ्चालकको कार्यकाल सकिँदा पनि बैंकमा उपस्थिति गराइ निर्णय प्रक्रियामा सहभागी गराइएको र दोस्रो कार्यकालका लागि पनि नियुक्ति गरिएको भन्दै सचेत गराएको छ । साथै उक्त सञ्चालकलाई तत्काल हटाउन पनि निर्देशन दिएको छ ।यस्तै, यही बैंकले आधारदरलाई आफ्नो तजविजमा महिनामै पटक पटक परिवर्तन गरेको भन्दै सिईओलाई पनि सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ । नारायाणी डेभलपमेन्ट बैंकलाई पनि अनिवार्य नगद मौज्दात तीनपटक सम्म कायम नगरेका भन्दै १२ हजार नगद जरिवाना केन्द्रीय बैंकले गरेको छ । यस्तै, सिडि रेसियो पनि सिमा भन्दा बढी राखेको भन्दै २ लाख ४१ हजार ९२४ रुपैयाँ जरिवाना गरेको छ ।
यता प्रोग्रेसिभ फाइनान्स कम्पनी र गुडविल फाइनान्स कम्पनीले पनि महर्जन विजनेश एशोसियट प्रालिलाइ धितो जोखिम हुने गरी कर्जा प्रवाह गरेको भन्दै सो फाइनान्सका सञ्चालक समिति र सिईओलाई नसिहत दिइएको छ । यस्तै गुहेश्वरी मर्चेन्ट बैंकि एण्ड फाइनान्सका सिईओलाई तोकिएको सिमा भन्दा बढी शेयर लगानी बिक्रि गरी नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।साभार : नेपाल प्रेस
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..
जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..
16 घन्टा पहिले
विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा
काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..
16 घन्टा पहिले
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
2 दिन पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
2 दिन पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
3 दिन पहिले